LIVE 
धोबिनी गापाको जगरनाथपुरमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत वितरण | पोखरिया-४ मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न । | ठोरीमा जोखिम न्यूनीकरण योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखी करण तालिम सम्पन्न | प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद । | धोबिनी गापाको स्वास्थ्य संस्था हरुमा अौषधीको अभाव ,सेवाग्रही मर्कामा | धोबिनी गाउँपालिका-३ हरिहरपुरमा आगलागी ५ वटा घर जलेर नस्ट २० लाख बराबरको क्षति | नेपाली मुस्लिम समाज भिस्वा द्वारा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न | मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा |

बैतडी । बैतडीको पाटनमा रहेको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको हत्या अभियोगमा पक्राउ परेका दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत बिहीबार हत्या अभियोगमा पक्राउ परेका पुर्चौंडी नगरपालिका–३ न्वादेउका प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो ।बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीकाअनुसार बोहरा विष्टले अध्यापन गराउँदै आएको कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गर्दै आएकी थिइन् । उनका श्रीमान बोहरा पनि केही दिनदेखि उनीसँगै विद्यालयको होस्टेलमा बस्दै आएका थिए ।

सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक विष्टले श्रीमतीमाथि दुव्र्यवहार गरेको देखेपछि हत्या गरेको बोहराले प्रहरी समक्ष बयान दिएका छन् । ‘पुस १ गते राति विमला शौचालय जान्छु भनि कोठाबाट बाहिर निस्केकी थिइ । ढिलोसम्म नआएपछि मैले खोजी गर्दा उनलाई विष्टले अंगालो हालेको देखेपछि रिस उठेर मुक्का हानेको थिए,’ बोहराको बयान उदृत गर्दै डीएसपी शाहीले भने, ‘मुक्का प्रहार गर्दा ढलेपछि उनको छाती र मुखमा हानेको हुँ । ’विष्टको हत्या गरिसकेपछि श्रीमतीसँगै मिलेर शव छात्रवासको पछाडि लगेर फालेको बयान उनीहरुले दिएका छन् । बिमला बस्ने कृष माविको छात्रबासको माथिल्लो तलामा बस्दै आएका शिक्षक विष्ट गत शनिबार होस्टेल पछाडि मृत अवस्थामा भेटिएका थिए । घटनाको छानबिनको माग गर्दै पाटनमा आन्दोलन चर्किएको थियो ।घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी निरीक्षक धनदेव साउद नेतृत्वको टोली पनि खटिएको थियो । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अभियुक्त माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको