LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

काठमाण्डु,७ पुस– नेकपा (माओवादी केन्द्र)का सांसद एवंम् अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन् ।

 

शपथ ग्रहणका संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने आफ्नो सुझाव रहेको बताएका हुन् ।

 

उनले भने, ‘माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने गठबन्धनको बैठकले को प्रधानमन्त्री वा राष्ट्रपति बन्ने निर्णय गर्छ । अध्यक्ष प्रचण्डको पहिलो पालोमा प्रधानमन्त्री बन्नुपर्छ मेरो सुझाव छ ।

 

तर गठबन्धनबाट को बन्छ थाहा छैन ।’ उनले नयाँ राष्ट्रपति राजनीतिक नेतृत्वबाट नै बन्नुपर्ने गरी गठबन्धन दलहरूबीच छलफल भएको स्पष्ट पारेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको