LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बाबुसँगै हेटौंडाका आफन्तको हातबाट टिका लगाएर विहिबार विहान बस चडेर घर बाराको अमलेखगजं फकिँदै थियौं । म आफ्नै बुबाको काखमा बसको ड्राईभर कक्षमा बसेको थिँए । बस भरिभराउ यात्रु लिएर हेटौंडाबाट विरगजं तर्फ हुँईकिरहेको थियो । जव चुरियामाईको ओरालो कटेर ३ नंं. पुल नजिक पुग्न लागेको थियो ।ड्राईभरले आत्तिँदै ब्रेक फेल भएको सुनायो ।

मेरा बाबाले उनलाई नआत्तिन बरु भित्ता तिर लगेर बस रोक्ने प्रयास गर्नु त्यसले मानविय क्षेती कम हुन्छ भनिरहनु भएको थियो । सोकुराको वास्ता नगरि ड्राईभरले बस बाँया तर्फ झार्यो ।बस खस्नेबेला मलाई बाबाले जोडले काखमा समाउनु भयो ।

त्यतिनै बेला बस जोडले भुँईमा बजारिएर पल्टियो । म बाबाको काखमा शुरक्षित थिंए । तर बाबा सहित बसमा भएका बसै मान्छे रगतामम्य भएर छट्पटाउँदै, कराउँदै ,रुदैं गरिरहनु भएको थियो । मलाई समेत हातमा चोट लागेछ ।

त्यही बेला केही मान्छे आएर हामीलाई निकाले । पुलिस आयो । कोहिलाई बसमा कोहीलाई एम्बुलेन्समा हाले । अहिले म हेटौंडा अस्पतालमा छु । तर बुवालाई बचाउन सकिएन । मलाई बचाउँदा बाबाको मृत्यु भयो ।
साभार : जुरेली न्युज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको