LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया

पर्सा ३ असोज

मिर्मिरे लघुवित संस्था ले १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको अवसरमा आज पर्साको ठोरी गाउँपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिकाको वडा नं-५ स्थित सुवर्णपुर सहिद स्मारक लगायत सुवर्णपुर बजारको सरसफाई गरिएको छ। मिर्मिरे लघुबित बितिय संस्था लिमिटेडले अाफ्नो संस्थाको बार्षिक उत्सव कार्यक्रम अवसरमा अायोजना गरेको सरसफाई कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानिय हरुको सहयोग रहेको थियो। मिर्मिरे लघुवित्त वित्तीय संस्था सुवर्णपुरले बार्षिक दिवसको अवसरमा बिभिन कार्यक्रम मनाएको सुबर्णपुर शाखा प्रमुख महम्द मकसुद अंसारीले बताए ।मिर्मिरे लघुबित बितिय संस्थाले अायोजना गरेको सरसफाई कार्यक्रमको अध्यक्षता संस्थाको मधेस प्रदेश प्रमुख रामकिसोर चौधरीको अध्यक्ष्ातामा भएको थियो ।

यसका साथै, संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै यो संस्थाकाे उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट याेगदान गर्ने प्रतिवद्धता व्यक्त चौधरीले गरेकाे थियो ।

बार्सिक उतस्व र सरसफाई कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष अस्त बहादुर लोपचनको प्रमुख अतिथ्यमा भएको सरसफाई कार्यक्रममा मिर्मिरे लघुबित बितिय संस्थाको किरण कुमार परियार,निरंजन चौधरी,सुजन क्षेत्री,रबिन्द्र चौधरी,कृष्ण बोहरा,सशस्त्र प्रहरी निरिक्षक दिपक नापित, नेपाल प्रहरीको रामबाबु यादव, लगायत त्यस संस्थामा जुडेका महिला र स्थानिय हरुको सहभागिता रहेको थियो।सरसफाई कार्यक्रममा बाटो र नाला सरसफाई गर्नका साथै चोकमा रहेका पसलेहरुलाई सरसफाई सम्बन्धमा सचेतना गराइएको थियो । मिर्मिरे लघुबित बितय संस्था लिमिटेडले अाफ्नो संस्थाको बार्षिक उत्सवमा चौक हरुमा डस्टबिन बितरण समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको