LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

पर्सा । जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर १ को ‘क’ प्रदेश सभा सदस्य पदको लागि पुन नेता कार्यकर्ताहरुको भेला गराई अर्को निर्णय गर्नुपर्ने माँग राख्दै पार्टीका केन्द्रीय सदस्य फिरोज मियाँ मंसूरीले पार्टीलाई ज्ञापन पत्र बुझाएको छ । मंसूरीको नेतृत्वमा रहेको पार्टीका नेता कार्यकर्ताहरुले पार्टीका जिल्ला सभापती राम नरेश यादवलाई ज्ञापन पत्र बुझाउँदै २४ घण्टाभित्र पर्सा क्षेत्र नम्बर १ को भेला गराई ‘क’ तर्फको प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारलाई अर्को नाम टुङ्गो लगाई निर्णय गर्नुपर्ने माँग गरे ।

जिल्ला अध्यक्ष यादवलाई ज्ञापन पत्र बुझाउँदै २४ घण्टा भित्र पार्टीले माँग पुरा नगरे आमरण अनशन बस्ने चेतावनी समेत केन्द्रीय सदस्य मंसूरीले दिए । अन्य उम्मेदवार हुदाँहुदै पनि वर्तमान प्रदेश सभा सदस्य जन्नत अंसारीको नाम एक्लौटी रुपमा सिफारिस गरेपछि पार्टी भित्र विवाद शुरु भएको हो । क्षेत्र नम्बरको १ को क्षेत्रिय भेलाले अंसारीलाई प्रदेश सभा सदस्यको लागि सिफारिसको निर्णय गरेपछि पार्टी भित्र नै विवाद शुरु भएको हो ।

पार्टीका केन्द्रीय सदस्य फिरोज मियाँ मंसूरी र पार्टीकै मधेश प्रदेश समिति अध्यक्ष बृजमोहन तिवारीले यसअघि संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै अलोकतान्त्रिक तवरमा प्रदेश सभा सदस्यमा गरिएको सिफारिस कुनैपनि हालतमा मान्य नहुने चेतावनी समेत दिएका थिए ।

पार्टीको केन्द्रीय समितिले आउँदो निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने गरेको परिपत्रको मुल भावना विपरित पर्सा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेश सदस्यमा उम्मेदवारीको सिफारिस गरिएको आरोप लगाईएको छ । अन्य ईच्छुक रहेका आस्थावान व्यक्तिलाई निर्णय साथ सिफारिस गर्नुपर्नेमा क्षेत्रिय समन्वय समितिले अलोकतान्त्रिक, मनोमानी र एकल निर्णय गरेकोमा हाम्रो घोर असमती रहेको जनाउँदै प्रेस विज्ञप्ती समेत जारी दिएको थियो ।

क्षेत्रभित्र रहेका पार्टीका केन्द्रीय सदस्य, संघीय परिषद सदस्य, प्रदेश पादाधिकारी एवं सदस्य तथा जिल्ला समिति सदस्य लगायत नेताहरुलाई बैठकमा बोलाएर निर्णय गर्नुपर्ने तर सोको विपरित मनोमानी ढंगले एउटा बन्द कोठा भित्र गरेको निर्णय आफूलाई कुनैपनि हालतमा मान्य नहुने केन्द्रीय सदस्य मंसूरीले बताए ।

प्रदेश सदस्यमा उम्मेदवार हुन ईच्छुक कम्तिमा पाँजनासम्म क्षेत्रिय समितिले निर्णयसाथ सिफारिस गर्नुपर्ने केन्द्रीय परिपत्रमा व्यवस्था भएपनि एकल व्यक्तिलाई लाभ पु¥याउँने उदेश्यले निर्णय गर्नु केन्द्रीय परिपत्रको ठाडै अवहेलना गरिएको उनले बताए । पार्टी कुनै एक व्यक्तिले चल्दैन उनले भने, ‘ पार्टी भित्र अन्य नेता कार्यकर्ताको योगदान छ ।

बन्द कोठाभित्र आफूलाई लाभ हुने व्यक्तिको नाम सिफारिस गर्दैमा सबैलाई मान्य हुन्छ भन्ने छैनन् । विद्यानमै उल्लेख छ, कम्तीमा ३ जना बढीमा जति नाम सिफासि गर्दा हुन्छ तर यहाँ पूर्वाग्रही रुपमा अन्यलाई वाईपास गरेर कुनै एक व्यक्तिको नाम सिफारिस गरेर पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको