LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ ।

लालबन्दी नगरपालिकाका विभिन्न ठाउँमा रहेका ऐलानी जग्गाको नाँपजाँच सुरु गरिएको लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष एवं लालबन्दी नगरका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिनुभयो ।

नगर प्रमुख वासुदेव अधिकारीलगायत जनप्रतिनिधि र नगर पालिकाका कर्माचारीका साथै सम्बन्धित कार्यालयका कर्माचारीको उपस्थितिमा लालबन्दी नगरपालिका–१० बाट ऐलानी जग्गाको नापजाँचको काम सुरु गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले नगरका सबै वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र अधुरा अपूरा कार्य सम्पन्न गर्ने लक्ष्य र उद्देश्यअनुरूप काम थालेको भूमि आयोग लालबन्दी सेवा केन्द्रका सहायक चेतबहादुर मगरले जानकारी दिनुभयो ।

आगामी मङ्सिर पहिलो साताभित्र सबै किसिमका जमिनका समस्या समाधान गरी जग्गा धनी प्रमाणपुर्जा उपलब्ध गराउने लक्ष्य रहेको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष चन्द्रप्रसाद वाग्लेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको