LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

काठमाडौं । काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो ।

महानगरपालिका स्रोतका अनुसार करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन भएको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।

मेयर बालेका स्वकीय सचिव भुपदेव शाह र्‍यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताउँछन् ।

‘मेयरसाहब आफैं पनि यो जनराको र्‍याप गायक हुनुहुन्छ,’ उनले भने,‘यमबुद्धलाई नेपाली युवापुस्ताका धेरै र्‍यापरले आफ्नो आइडल मान्छन्, धेरै श्रोताले उहाँलाई सम्मान गर्नुहुन्छ, त्यसैलाई ध्यानमा राखेर महानगरले सम्मान स्वरुप सालिक बनाउने निर्णय गरेको हो ।’

साहले यमबुद्धको सालिक कहाँ स्थापना गर्ने भन्ने तय भने भइनसकेको बताए । तर, यमबुद्धलाई नेपाली श्रोताले सम्झिरहने गरी सालिक स्थापना हुने साहले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको