LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

काठमाडौँ : केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ ।

सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताए ।

एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका विद्यार्थीहरूको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुमारी मगरले बताइन् ।

ह्वात्तै चिसो बढेका कारण विद्यार्थीहरूमा निमोनिया वा टाइफाइड हुने र चिसोका कारण अन्य असर हुन सक्ने भन्दै अहिले अभिभावकले साना नानीहरुलाई बिद्यालय नपठाएको सोही स्थान निवासी दानबहादुर पुलामी मगरले उल्लेख गरे ।

यता जिल्लाको तराई क्षेत्रको त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याई, चौदण्डी नगरपालकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेस्वरी भागलपुर र आम्बासी क्षेत्रका विद्यालयमा पनि चिसो बढ्न थालेपछि ५० प्रतिशतमात्र विद्यार्थी दैनिक उपस्थित हुने गरेको र अन्य भने चिसोको कारण घरमानै बस्ने गरेको सप्तकोशी माविका शिक्षिका सुमित्रा पोखरेलले जानकारी दिए ।

ह्वात्तै चिसो बढ्न थालेका कारण र अझै कोभिडको डर त्रासका कारण पनि कतिपय अभिभावकले घरमै राख्न थालेको हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीको भनाइ थियो ।

जिल्लाको सदरमुकाम गाईघाट,बेलका नगरपालिकाको आसपास, चौदण्डी गढी नगरपालिकाको बेल्टार र कटारी बजारका विद्यालयमा भने अहिलेसम्म पनि विद्यार्थी नियमति विद्यालय आइरहेको सम्बन्धित विद्यालयका शिक्षकले बताए ।

जिल्ला सदरमुकामबाहेक पहाडी र अन्य क्षेत्रका विद्यालयका विद्यार्थी पनि चिसोको कारण विद्यालयमा उपस्थिति घट्न थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको