LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

लालबाबु बानिया पर्सा ७ असोज पर्साको पटेर्वासुगौली गाउँपालिकाको सातौ गाउँ सभा बाट आर्थिक बर्ष ०७८/०७९ को बार्षिक अनुमानीत बजेट ३६ करोड ८९ लाख २६ हजार १३ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरियो छ। गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको भएको सातौ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष ममता महतोले चालू आर्थिक बर्षको बजेट बिनयोजित रकम प्रस्तुत गरेकिछिन। अाय नेपाल सरकार तर्फ बितय समानिकरण अनुदान १० करोड १४ लाख , सशर्त अनुदान तर्फ १४ करोड ४८ लाख ,विशेष अनुदान २करोड ८० लाख, राजस्व बाडफाड ६करोड ७०लाख ४१ हजार, समपुर्ण अनुदान २० लाख,सवारि साधन तर्फ ३१ लाख ४८ हजार सर्बसहमती बाट अनुमोदन गरिएको थियो। बजेटमा शिक्षा ,स्वास्थ्य कृषि ,पर्यटन, पशु, महिला बालबालिका , जेस्टनागरिक, र भौतिक निर्माण तर्फ विशेष प्रथमिकतामा राखिएको हो। सातौ गाउँ सभा गाउँपालिकाको सभा हलमा समपन भएको थियोे ।गाउँ सभा कार्यक्रममा गाउँपालिकाका निमित प्रमुख प्रसाशकिय अधिकृत भुजेन्द्र प्रसाद यादव,वडाध्यक्ष बिजय गैरे, फरमान मियाँ ,माधव राउत थारु, राजेश्वर महतो मोतिलाल साह तेलीले मन्तव्य व्यक्त गरेका थिए।गाउँ सभा कार्यक्रममा कार्यपालिका सदस्य जवाला गिरी,अमिन मियाँ दुखि प्रसाद,पाचै वडाका महिला र पुरुष सदस्य, समाजिक बिकास प्रमुख बिरेन्द्र चौधरी ,योजना साखा प्रमुख राजकुमार महतो, उर्जा शाखा प्रमुख निर्मल कुमार, ईन्जिनियर प्रदिप चौरसिया,लगायत को सहभागिता रहेको थियोे ।स्वागत मन्तव्य निमित प्रशासकीय अधिकृत भूपेन्द्र प्रसाद यादव ले गर्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षा प्रमुख शम्भु साह ले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको