LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

बिरगंज २ भदौ । प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडा सुगौलीमा अध्ययनरत कक्षा-८ का ५१ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडाको अध्यक्ष रजेश्वेर महतोको अध्यक्षतामा भएको कार्यक्रममा मा. मन्जुर अन्सारी, मा. करिमा बेगम, जसपा नेपालको केन्द्रिय सदस्य फिरोज मन्सुर, बिरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदीन अहमद, मुस्लिम फोरम अध्यक्ष मौलना नुरुल होदा, प्रदेश सदस्य दिपक यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, सचीव तबरेज आलम, पालिका उपाध्यक्ष ममता महतो, क्षेत्रिय अध्यक्ष नगेन्द्र यादव र युवा नेता शिव कुमार साहले शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा जसपा पालिका अध्यक्ष रामदेनी यादव, पालिका शिक्षा प्रमुख सम्भु साह तेलि, विद्यार्थी नेता आमोद यादव, स्थानीय नेता श्रीभगवान गिरि, भिखारी देवान, रसिद मिया, प्र.अ. मोहन दास, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको