LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज २० जेठ । पर्सा प्रहरीले पौने ११ लाख रुपैयाँ बराबरको मदिरा लोड गरी नेपालबाट भारत तर्फ गइरहेको अवस्थामा एउटा ट्रयाक्टर जफत गरेको छ ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिष्वा बञ्जारीबाट अवैध रूपमा भारत तर्फ लगिरहेको ३ सय कार्टुन कस्तुरी रक्सीसहित ट्रयाक्टर जफत गरेको हो ।
बरामद गरिएको ट्रयाक्टर र रक्सीको मूल्याङ्कन प्रहरीले १० लाख ६० हजार रुपैयाँ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटाइएको प्रहरी टोलीले आज बिहान १ बजेको समयमा बञ्जारीबाट भारततर्फ गइरहेको प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टरलाई दशगाजा क्षेत्रमा रोकेर चेकजाच गर्दा मदिरा बरामद गरेको थियो । ट्रयाक्टर समातिए पनि चालक भने फरार हुन् सफल भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।
जफत गरिएको रक्सी र ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको डिएसपी खनालले जानकारी दिए ।खनालले ट्रयाक्टर धनी र चालकको प्रहरीले तदारूकताका साथ खोजतलास गरिरहेको जनाएका छन् ।
जिल्लामा विगत एक महिनादेखि निषेधाज्ञा जारी छ । कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले जिल्लामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउनुका साथै सिमानाकाहरु पनि पूर्ण रुपले शिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक जारी गरेको सूचना अनुसार जिल्लामा एक मात्र इनर्वा नाकाबाट मात्र दुवै देशमा आवत जावतका लागि अनुमति दिइएको छ । त्यो पनि कडा सुरक्षा चेकजाच पछि ।
प्रशासनले यती हदसम्म कडाई गरी रहँदापनि सिमानाकाहरुबाट हुने अवैध तस्करी भने रोकिएको छैन । जिल्लामा दिनहु विभिन्न नाकाबाट तस्करी भइरहेको घटनाहरु सार्वजनिक हुनेगरेका छन् । तस्करीका कयौँ घटनामा प्रहरीसमेतको संलग्नता हुनेगरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको