LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

पर्सा १६ जेठ । चमार कल्याण समाज, मलेसिया , शाखाको आर्थिक सहयोगमा पर्सा जिल्लाको २७ चमार तथा अति विपन्न समुदायको घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ।
कोभिड-१९ को विरुद्ध, रोकथाम , प्रतिकार्यको लागि विश्व र नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। पर्सा जिल्लामा पनि मिति २०७८/०१/१६ गतेदेखि हाल सम्म निषेधाज्ञा गरेको छ। पर्सा जिल्लामा पनि निषेधाज्ञा , लकडाउनले गर्दा धेरै दलित, मजदुर, जेष्ठ नागरिक, श्रमिकहरु प्रभावित रहेकोे छ्न। काम बन्द भएकोले दैनिकी ज्यालादारी गरेर काम गर्ने घरपरिवार लाई खाद्यान्नको समस्या रहेर भोकभोकको अवस्था भएको छ। यस पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा-४, गाउँको चमार समुदायको लागि खाद्यान्न राहत वितरण गरिएको छ।
यो गाउँ पर्सा जिल्लाको सदरमुकाम बिरगंज बाट ४० किमि टाढा रहेकोे ग्रामीण बस्ती रहेकोे छ। यस गाउँ सुपौलीको अति विपन्न , मजदुर चमार जातीको अधिकान्स बाहिर काम गरेर घरपरिवारको जिबिका चलाउने गर्द्छ्न। यसको अति विपन्न दलितहरुको अवस्था निकै नै पहिला देखि दयनीय रहेकोे छ। लकडाउनले गर्दा यहाँको चमार जातीको समुदाय मजदुर विपन्न रहेकोले घरपरिवार अति नै प्रभावित रहेकोे छ्न।धेरै प्रभावित तथा खाद्यान्नको समस्या रहे पनि पहिलो चरणमा यस गाउँको २७ चमारको घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। चमार समुदायको मजदुर, अति विपन्न , गरीब नागरिक लाई लक्ष्यित गरि खाद्यान्न राहत वितरण गरिएको छ।खाद्यान्न राहतमा २ पिस मास्क, १० केजी चामल , १ केजी दाल , १ लिटर तेल , १ केजी आलु , १ केजी नुन , २ पिस साबुन , १ पिस सर्फ तथा केही आयुर्वेदिक सामग्री ( औषधिको रूपमा काम लाग्ने) सहयोग गरिएको छ। प्रती परिवार रु. १०५०/- खर्च भएको छ।
सिरहा जिल्ला घर भएको हाल मलेसिया रहनु भएको आदरणीय राम किशोर मोची ( महरा ) ज्युको बिशेष पहलमा चमार कल्याण समाज, मलेसिया , शाखाले खाद्यान्न राहत वितरण गर्नको लागि रु. २९२००/- अक्षरेपी उनन्तीस हजार दुई सय आर्थिक सहयोग प्राप्त भएको थियोे ।
यस कार्यक्रममा चमार समाज कल्याण समाजको केन्द्रिय सदस्य तथा दलित सामाजिक अभियान्ता मनोज राम, पिसफोर दलितस फाउन्डेसनको उपाध्यक्ष तथा नागरिक स्वयंसेवी समुहको संयोजक चन्द्र किशोर चमार , अशोक राम, दीपेन्द्र राम, स्थानीय चमार अगुवा सुखारी राम, शिव चमार र चमार समुदायको बाट निर्वाचित चन्द्रेशवर राम लगायतको उपस्थित थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको