LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया पर्सा २१ बैसाख ।
पर्साको सखुवाप्रसौनी गाँउपालिकाले १० बेडको आईसोलेशन वाड त्यारी गरेको छ । गाँउपालिकाको वडा नं ५ महुवन मा रहेको स्वास्थ्य चौकी मा १० वेडको आईसोलशन वाड संचालन मा ल्याएको गाँउपालिका अध्यक्ष प्रदिप जयसवाल ले जनाएका छन । उहाँले एन्टिजेन परिक्षणमा पोजेटिभ देखिएकालाई आईसोलेशनमा राखेर उपचार गरिने बताउनुभयो । कोभिड बिरामीको उपचारमा समस्या नहोस भनेर गाँउपालिकामै सुबिधा सम्पन्न आईसोलेशन महुवन स्वास्थ्य चौकी मा बनाइएको छ। गाउँपालिका भित्रमा एउटा अर्को ठाउँ देवरबाना स्वास्थ्य चौकी मा १५ बेड को अाईसोलेशन निर्माण कार्यको त्यारी भईरहेको गाउँपालिका अध्यक्ष जयसवाल ले जनाएका छन। भेलिन्टिलेटर र अक्शिन को ब्यवस्थापन प्रदेश सरकार लगायत अन्य निकाय ले सहयोग गरिदिएमा सखुवाप्रसौनी गाउँपालिका लगायत का जनता हरु लाई सहयोग पुगने गाउँपालिका अध्यक्ष जयसवाल ले जनाएका छन। उहाँले आईसोलेशन वाडमा चिकित्सक डाक्टर कृष्णा साह को नेतृत्व मा टोली व्यवस्था गरिएको बताउनुभयो । अाईसोलेशन मा अौषधी र बिरामी को खाना को ब्यवस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको