LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

पर्सा १२ बैशाख । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा-४, सुपौली गाउँको दलित बस्तीमा संचालित दलित बालबालिकाको लागि निशुक्ल टियुसन कक्षामा सहभागी बालबालिकाहरु तथा तिनको अभिभावकलाई खाना खुवाउने कार्यक्रम गरिएको छ।
दलित बालबालिकाहरुको लागि खाना खुवाउने कार्य अमेरीका बस्ने भरत परियार र डिमपल परियारको आर्थिक सहयोगमा गरिएको छ। अमेरीका बस्ने भरत परियारको आमाको स्वर्गवास मिति २०७७/११/०१ गते भएको थियोे । भरत परियारले आमाको श्रद्धाञ्जलीमा दलित बालबालिकाहरुलाई खाना खुवाउने कार्य गरिएको छ।
जिराभवानी गाउँपालिका वडा-५, सुपौलीको दलित बालबालिकाहरु जम्मा २५० जना र अभिभावक ९० जना गरि ३४० जनाले खाना खाएको छन।पिसफोर दलितस फाउन्डेसन नेपालको सहयोगमा संचालित दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा र दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षामा प्रोत्साहन र जागरुकता हुनको लागि यो खाना खुवाउने कार्य गरिएको छ।
यस कार्यक्रममा सहयोग आर्थिक सहयोग गर्ने भरत परियार / डिमपल परियार र साथै कार्यमा सहजीकरण गर्ने अमेरीका बस्ने दलित सामाजिक अभियान्ता प्रेम परियार ज्युलाई पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम ज्युले धेरै धेरै धन्यवाद दिनुभएको छ। यस कार्यक्रमले दलित बालबालिका , अभिभावकमा प्रेणा , उत्साह , जागरुकता र शिक्षा प्रती ध्यानाकर्षण हुने उदेश्य लिएको छ। साथै दलित बालबालिकाको शिक्षा प्रति चासो बढ्ने , बालबालिका विद्यालय पढ्न पठाउने, टियुसनमा पेठाउने , घरमा बस्ने वातावरण बनाउने , गुणस्तरीय शिक्षामा जोड दिएको छ।
यस दलित बालबालिकाको लागि खाना खुवाउने कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज , उपाध्यक्ष चन्द्र किशोर राम, सचीव दीपेन्द्र कुमार राम, सदस्य पारमान्द राम , सदस्य सुरेन्द्र पासवान , दलित वडा सदस्य चन्देश्वर राम , दलित अधिकार दबाब समुहको संयोजक किश्नाथ राम लायकको उपस्तिथि रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको