LIVE 
पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो | ललितपुरस्थित गंगा दाहालको घरमा आगजनी, एक जनाको शव फेला |

पर्सा १२ बैशाख । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा-४, सुपौली गाउँको दलित बस्तीमा संचालित दलित बालबालिकाको लागि निशुक्ल टियुसन कक्षामा सहभागी बालबालिकाहरु तथा तिनको अभिभावकलाई खाना खुवाउने कार्यक्रम गरिएको छ।
दलित बालबालिकाहरुको लागि खाना खुवाउने कार्य अमेरीका बस्ने भरत परियार र डिमपल परियारको आर्थिक सहयोगमा गरिएको छ। अमेरीका बस्ने भरत परियारको आमाको स्वर्गवास मिति २०७७/११/०१ गते भएको थियोे । भरत परियारले आमाको श्रद्धाञ्जलीमा दलित बालबालिकाहरुलाई खाना खुवाउने कार्य गरिएको छ।
जिराभवानी गाउँपालिका वडा-५, सुपौलीको दलित बालबालिकाहरु जम्मा २५० जना र अभिभावक ९० जना गरि ३४० जनाले खाना खाएको छन।पिसफोर दलितस फाउन्डेसन नेपालको सहयोगमा संचालित दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा र दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षामा प्रोत्साहन र जागरुकता हुनको लागि यो खाना खुवाउने कार्य गरिएको छ।
यस कार्यक्रममा सहयोग आर्थिक सहयोग गर्ने भरत परियार / डिमपल परियार र साथै कार्यमा सहजीकरण गर्ने अमेरीका बस्ने दलित सामाजिक अभियान्ता प्रेम परियार ज्युलाई पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम ज्युले धेरै धेरै धन्यवाद दिनुभएको छ। यस कार्यक्रमले दलित बालबालिका , अभिभावकमा प्रेणा , उत्साह , जागरुकता र शिक्षा प्रती ध्यानाकर्षण हुने उदेश्य लिएको छ। साथै दलित बालबालिकाको शिक्षा प्रति चासो बढ्ने , बालबालिका विद्यालय पढ्न पठाउने, टियुसनमा पेठाउने , घरमा बस्ने वातावरण बनाउने , गुणस्तरीय शिक्षामा जोड दिएको छ।
यस दलित बालबालिकाको लागि खाना खुवाउने कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज , उपाध्यक्ष चन्द्र किशोर राम, सचीव दीपेन्द्र कुमार राम, सदस्य पारमान्द राम , सदस्य सुरेन्द्र पासवान , दलित वडा सदस्य चन्देश्वर राम , दलित अधिकार दबाब समुहको संयोजक किश्नाथ राम लायकको उपस्तिथि रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको