LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बीरगंज १३ फाल्गुन । हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले आज जनगणनाको नाममा नेपालमा रहेका हिन्दूहरुको जनसंख्या कम गर्न भइरहेको सडयंत्र बारे सामाजिक संजाल मार्फ़त सम्पूर्ण नेपाली दाजुभाई र दिदिबहिनी सजक र सचेत रहन आग्रह एवं अनुरोध गरेका छन।पटेलले भने ९४% सनातन धर्म मानिने ओमकार परिवार भएको हाम्रो देश नेपाल हो। १० वर्षमा हुने जनगणना आउदो जेष्ठमा गर्ने तैयारी नेपाल सरकारले गरेको छ। जनगणनामा हाम्रो जनसंख्या कम गर्न तीब्र चलखेल हुदैछ।सचेत र सजक हुन सम्पूर्ण हिन्दू समाज संग अनुरोध गरेका छन।
नेपाल सरकारको केन्द्रिय तथ्याङ्क विभागले प्रत्येक दश वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला २०७८ जेष्ठ २२ देखि असार ८ गते सम्म सञ्चालन हुदैछ ।उक्त जनगणनाका लागि तयार पारिएको फारममा धर्म जनाउने बुदाँहरुमा ‘प्रकृति पूजक’ एवं ‘अन्य’ शिर्षक भएको बुदाँ समेत समावेश गरिएकोमा गम्भीर ध्यानार्षण भएको पटेलले बताएका थिए ।‘आउँदो जनगणनामा हिन्दूहरुको संख्या न्युन देखाउने उद्देश्यले पश्चिमा एवं हिन्दू विरोधी तत्वहरुको योजनाबद्ध षडयन्त्र अन्तर्गत जनगणना फारम तयार पारिएको तथ्य प्रष्टै देखिएको छ । यस सन्दर्भमा समय मै सचेत हुन आवश्यक भएको हुनाले जनगणनाको बेला चनाखो रहन पटेलले सम्पूर्ण हिन्दू समाज संग अनुरोघ गरेका छन।
विश्वमा सनातन धर्मको उदगम स्थल हो नेपाल।देव् भूमि,तपो भूमि, योग भुमि, सुन्दर र शान्ति भुमि, प्राकृतिक सौन्दर्यको धनी भुमि,शालिग्राम भगवानको पावन भुमि,जल र जड़ीबूटीको उद्गम सँगै आराध्य देव भगवान पशुपतिनाथ, मां सीता जन्मस्थल,भगवान गौतम बुद्ध,बलिको लागी विश्व प्रसिद्ध श्री गढ़िमाई, सागरमाथा सहित अन्य थुप्रै थारोहरहरु रहेको देश हो हाम्रो नेपाल पटेलले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको