LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज ८ फागुन । नेपाली कांग्रेस निकट रहेको युवाहरुको संगठन “युथ कांग्रेस नेपाल ” पर्सा जिल्ला कार्य समिति विस्तार भएको छ। शनिबार बिरगंज स्थित ठाकुर राम क्याम्पसमा बैठक बसी सुमेस्वर साह को अध्यक्षता मा २१ सदस्यीय कार्यसमिति विस्तार गरिएको छ।नेपालका युवा लोकतन्त्रवादीहरुको अभियान युथ कांग्रेस नेपाल ले पछिल्लो ३ वर्ष देखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभुती को लागि विभिन्न कार्यक्रम चलाउदै आइरहेको छ।युथ कांग्रेस नेपाल प्रदेश नं २ का सदस्य राहुल कुमार गुप्ता को प्रमुख अतिथित्वमा भएको विस्तार कार्यक्रम मा वि.पि कोइराला युवा मन्च का प्रदेश न२ का सम्पर्क ब्यक्ति मनोहर साह विशिष्ट अतिथीका रुपमा रहेका थिए भने अथितीका रुपमा वि.पि कोइराला विकाश मन्च पर्सा जिल्ला अध्यक्ष हरेन्द्र यादव,नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता रहेका थिए।उक्त संगठन को कार्यसमिति बिस्तारमा उपाध्यक्ष मा अनिल पटेल, नरेश प्रसाद रौनियार , सचिवमा राहुल कुमार कानु , सह सचिवमा पवन कुमार पटेल, श्याम गुप्ता ,कोषाध्यक्षमा अंजली मण्डल, सदस्यहरुमा देवनाथ महतो, प्रदिप गुप्ता, मुकेश गुप्ता, सुमित श्रीवास्तव , जाहुर अंसारी, रन्जन सरार्फ , दिपक महतो, रंजित कु कानु, केशव कुमार मण्डल, प्रदिप साह ,रंजित कुमार कानु, सुजित कुमार मिश्र,श्याम गुप्ता,अकाश गुप्ता,राजु गुप्ता रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको