LIVE 
धोबिनी गापाको जगरनाथपुरमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत वितरण | पोखरिया-४ मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न । | ठोरीमा जोखिम न्यूनीकरण योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखी करण तालिम सम्पन्न | प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद । | धोबिनी गापाको स्वास्थ्य संस्था हरुमा अौषधीको अभाव ,सेवाग्रही मर्कामा | धोबिनी गाउँपालिका-३ हरिहरपुरमा आगलागी ५ वटा घर जलेर नस्ट २० लाख बराबरको क्षति | नेपाली मुस्लिम समाज भिस्वा द्वारा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न | मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा |

वीरगञ्ज १ फागुन ।
जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेल ले खेल युवा पिढिहरु को गहना भएको बताउनु भएको छ।समग्र नेपाल नामक संस्था द्वारा आज बहुदर माइ नगरपालिका-२ पिपरा को बहुदर माइ मन्दिर नजिक तिलावे नदि को किनार मा अव्स्थित मैदान मा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिता को उद्घाटन गर्दै नेता पटेल ले खेल ले युवाहरूलाई शारीरिक रूपमा स्वस्थ्य मात्र नबनाइ यसले अनुशासन, लगनशीलता र युवाहरूको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्ने बताउदै आजको युगमा खेलमा राम्रो गर्ने लाई सरकार ले सम्मान का साथ मनग्य अर्थ प्रदान गरिरहेकोले यस क्षेत्रमा अगाडि बढन युवाहरू लाई आग्रह गर्नुभयो ।स्थानिय सरकार गठन भए देखी विभिन्न नगरपालिकाले मेयर कप गरि युवाहरूलाई प्रोत्साहन गरिरहेको चर्चा गर्दै नेता पटेलले बहुदर माइ नगरपालिका को खेल प्रती कुनै चासो नभएको र यहा का नगर प्रमुख कमिसनमा मात्र रुमलिएको बताउनु भयो।समग्र नेपाल नामक संस्था का अध्यक्ष शुभराती अन्सारी को अध्यक्षता मा आयोजित सो उद्घाटन कार्यक्रममा जसपा पर्सा का सचीव श्रीराम जि गिरि, जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यादव, बहुदर माइ नपा- २ का वडा अध्यक्ष जितेन्द्र पटेल,समाजसेवि एवम शिक्षाबिद प्रोफेसर लक्ष्मी साह लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।प्रतियोगिता मा नगरपालिका का ८ वटा वडा बाट क्रिकेट टिम सहभागी भएका छन। फाइनल खेल पस्चात राम्रो प्रदर्सन गर्ने खेलाडी चयन गरि नगर स्तरिय टिम बनाउने सोच रहेको आयोजक ले बताएका छ्न । आज को खेल भौराटार गम्हारिय बिच शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको