LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पर्सा १७ माघ । पटेर्वा सुगौली गाउपालिकाको सहयोगमा समता समाज नेपाल पटेर्वासुगौली गा पा – ५ निचुटाको शनिबारदेखि आयोजनामा सो गोल्ड कप शुरु भएका छन।
ग्रामीण यूवाहरुमा कुलत तथा बिकृति बढ्दै गएका र खेलप्रति यूवाहरुको चाहना घट्दै गएका हुदा यसप्रति यूवाको आकर्षण बढाउन सो गोल्डकप आयोजना गरिएको गाउपालिका अध्यक्ष हरिनारायण चौधरीले बताए।
अध्यक्ष चौधरीले खेलको उदघाटन गर्दै खेलको माध्यमले राष्ट तथा समाजको नाम उच्च गर्न सकिने तथा यूवाहरुलाई स्वास्थ्य र तन्दुरुस्त राख्ने भएकाले यो गोल्डकपमा पालिकाले सहयोग गरेको बताए।
पालिका भित्र रहेका यूवाहरुलाई बिभिन्न खेलको सम्बन्धित प्रशिक्षण गराइने छनौट गरी एकवटा मात्र टिम निर्माण गरिने भावी योजना रहेको अध्यक्ष चौधरीले बताए।
आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीको सभापतित्वमा समपन्न उदघाटन शत्रमा वडाध्यक्ष फरमान मिया, बिजय गैरे, मोतीलाल साहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
आज भएको बसन्तपुर यूनाईटेड चितवन र चिडियादह फूटबल क्लब रौटहट बीच भएको खेलमा टाई ब्रेकरमा  चितवनलेजित हासिल गरेका छन।
तोकिएका समय अवधीमा दुबै टिम तर्फबाट २/२ गोलको बराबरीमा खेल टुङ्गिएका थिए। आजको मैन अफ म्याज चितवनका गोलकिपर  रंजित अर्याललाई घोषित गरियो। भोली को खेल बीरगंज यूनाईटेड र फूटबल संघ बारा बीच हुने जनाईएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको