LIVE 
वीरगञ्जमा ७६ हजार भन्दा बढी ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ | पर्साको धोबिनीमा पुल भत्किँदा यातायात पूर्णरूपले ठप्प | पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध |

बिरगंज १७ माघ । तराई-मधेसमा विगत केहि दिनदेखि बढेको शितलहरको फाईदा उठाउँदै तस्करहरु पुन: सक्रिय भएका छन।
शीतलहर र कुहिरो बढेपछि पर्सा जिल्लाको ग्रामिण क्षेत्रहरुबाट फेरी रातिको समयमा काठलगायत सामग्रीहरुको तस्करी सुरु भएको छ ।
चिसोको समयमा तस्करहरुले राति-राति प्रहरी र वन कार्यालयका कर्मचारीहरुलाई गुमराह गरेर नेपालबाट भारी मात्रामा महङ्गा शालका गोलियाहरु भारत पुर्‍याउने गरेका छन
तस्करहरुले साईकल, मोटरसाइकलसँगसँगै ट्रयाक्टर र अन्य सवारीसाधनबाट समेत खुल्ला सिमाको फाईदा उठाएर जिल्लाको ग्रामिण नाकाहरुबाट काठलगायत सामग्रीहरु तस्करी गरिरहेको पाइएको छ ।
यस्तै ट्रयाक्टरमा लुकाएर सालको गोलिया तस्करी गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरुको टोलीले एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । बिहिबार राति पर्सागढी नगरपालिका वडा नम्बर ४ को टाँडीबाट सालको गोलिया भारत लागिरहेको अवस्थामा शुरक्षाकर्मीहरुले एउटा ट्याक्टर नियन्त्रणमा लिएका हुन
सबैया साझेदारी वन व्यवस्थपन समूह, सब डिभिजन वन कार्यालय मधुवन मथवल र सशस्त्र बेस क्याम्प सोलखपुरको संयुक्त टोलीले ना ११ त २८७४ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिएको थियो । ट्रयाक्टरबाट उनीहरुले ३ वटा सालको गोलिया अर्थात ४२ घनफिट काठ लोड बरामद गरेको जनाइएको छ । प्रहरी अनुसार काठलाई ग्राभेलले छोपेर लगिँदै थियो ।
सुरक्षाकर्मीहरुले ट्रयाक्टर नियन्त्रणमा लिएपनि चालक भने फरार भएका थिए । गस्ती टोलीलाई देख्नसाथ ट्रयाक्टर छोडेर चालक फरार भएको सब डिभिजन वन कार्यालय सोलखपुरका फरेष्टर पुरुषोत्तम पटेललले जानकारी थिए ।
चालकको खोजी कार्य भैरहेको पटेलले बताए । उनले ट्रयाक्टर धनिसँग समेत सम्पर्क गर्न आफूहरु प्रयासरत रहेको जानकारी दिए ।
बरामद काठसहितको ट्र्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय पर्सा वीरगञ्जमा पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको