LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

बिरगंज १६ माघ । ईनटरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाको आर्थिक सहयोग र बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेसन नेपालको सहकार्य तथा पिसफोर दलित फाउन्डेसन नेपाल ( Peace4Dalits Foundation Nepal ) , पर्साको विशेष पहलमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका -४,, सुपौली , भवानीपुर , कोढौली सढि गाउँको दलित बालबालिकाहरुको लागि शैक्षिक सामग्रीहरु वितरण गरिएको छ। शैक्षिक सामग्रीहरुमा कापी ,कलम , पेनसिल , ब्याग वितरण गरिएको छ। जम्मा २०० दलित बालबालिकाहरु लाई शैक्षिक सामग्री वितरण गरिएको छ।
दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउको लागि , विद्यालय जान्न बाट बन्चित हुन नदिनको लागि , बालबालिकालाई प्रोत्साहन , कापी कलमको बाहानाले विद्यालय नजाने रोक्नको लागि र शैक्षिक सुधार , दलित बालबालिकाको गुणस्तरीय शिक्षा , सबैको लागि अनिवार्य शिक्षाको उदेश्यले दलित बालबालिकाको लागि शैक्षिक सामग्री वितरण गरिएको छ । श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय , सुपौली , श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय , कोढौली सढि , श्री पशुपतिनाथ प्राथमिक विद्यालय ,भवानीपुर गरि ३ वटा विद्यालयको जम्मा २०० जना बालबालिकाहरु लाई वितरण गरिएको छ।
अहिले पनि जिल्लाका केही भागमा आर्थिक स्थिति र चेतनाको अभावका कारण बालबालिका घरमा नै बस्ने र विद्यालय जान नमान्ने भेटिएको बताउँदै तिनलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिए । दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा उनीहरूमा आत्मविश्वास बढ्ने तथा अनुशासित भएर पढ्ने र दैनिक रूपमा विद्यालय उपस्थित हुने आशा रहेको गाउँको दलित अगुवा चन्देशवर राम बताए ।यस दलित बालबालिकाको लागि शैक्षिक सामग्री वितरण कार्यक्रमको अध्यक्षता वडा सदस्य चन्देशवर राम , प्रमुख अतिथिमा जिराभवानी गाउँपालिकाको उप प्रमुख उषा चौधरी, विशेष अतिथि CWEAF Nepal को स्वता केसि , अतिथि सपना श्रेष्ठ , विद्यालय व्यवस्थापन समितीको अध्यक्ष , विद्यालयको प्र.अ. रामनारायण मह्तो थारु, दिनानाथ प्रसाद महतो थारु , दलित महिला सदस्य , पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य चन्द्रकिशोर राम, सदस्य सुरेन्द्र पासवान , अशोक राम , यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष / सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको