LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया पोखरिया १५ माघ । नेपाल सुशासन अभियानका रमेश प्रसाद खरेलले भ्रष्टाचार, हिँसा र अनियमितता अन्त गर्नका लागि नागरिक एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन् ।अभियानद्वारा पर्साको पोखरिया नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै खरेलले देशका राजनीति कर्मीहरुले देश विकासभन्दा पनि व्यक्तिगत स्वार्थलाई माथि राख्ने गरेको आरोप लगाए ।राजनीतिक स्वार्थका कारण देशमा अपराधिक घटना समेत नियन्त्रण बढेको उनले बताए । पूर्व डीआईजीसमेत रहेका खरेलले आफू प्रहरी हुँदाको अनुभव सुनाउँदै भने, ‘राजनीतिक स्वार्थका लागि नेताहरुले कयौँ पटक अपराधीलाई समेत उम्किन दिने गरेका छन् । यस्तो अवस्थामा हामीले देशमा शान्ति, सुशासन र समृद्धिको कामना कसरी गर्न सक्छौँ ।’कार्यक्रममा बोल्दै अभियानका सदस्य राजकुमार यादवले पनि पर्सा जिल्लामा राजनीति बुझेका भन्दापनि ठेकदार, अपराधी र तस्करहरुले निर्वाचन जितेको कारण जिल्लाको विकास हुननसकेको बताए । उनले पैसाको प्रभावमा टिकट खरिद गरेर गैरराजनीतिक व्यक्तिहरुले निर्वाचन जितेको कारण पर्सा झनझनै पछाडी परेको दु:खेको व्यक्त गरे ।अभियानमा राष्ट्रिय विद्यार्थी सङ्घ पर्साका अध्यक्ष मधुसुदन चौरसियापनि जोडिएका छन् । बिहिबार मात्रै राष्ट्रिय विद्यार्थी सङ्घ पर्साको अध्यक्षबाट राजिनामा दिएका चौरसिया अभियानमा जोडिएका हुन् । चौरसियालगायत उनको टोलीलाई रमेश खरेलले फूलमाला लगाई अभियानमा स्वागत गरेका थिए ।मधेसवादी दलका नेतृत्वकर्ताहरुले मधेस मुद्दाभन्दा माथि परिवारवाद र व्यक्तिगत स्वार्थ राखेको कारण विकास, समृद्धि र भ्रष्टाचार विरोधी विचारधारा बोकेको नेपाल सुशासन अभियानसँग आफु जोडिएको चौरसियाले बताए ।चौरसियाले मधेस आन्दोलनलाई टेकर सत्तामा पुगेका नेताहरुले आज मधेसी शहिद र घाइतेहरुलाई विचिल्लीमा छाडेको आरोप समेत लगाए । उनले पार्टीबाट आजित भएर छुटिने निर्णय गरेको बताएका थिए । स्थानीय नेता शंकर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी साह कानु, विभिन्न पेशाकर्मी, राजनीतिज्ञ, सञ्चारकर्मीलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको