LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज १० माघ । आजको बिज्ञान प्रबिधिको युगमा जोसिलो युवाहरुको समाजलाई खाचो रहेको जसपा पर्साका अध्यक्ष रामनरेश यादबले बताउनु भएको छ । युवाको शक्ति र जागर सहि स्थानमा लगाए देशको मुहार परिवर्तन हुने वहाँले बिश्वास व्यक्त गर्नुृ भयो ।
नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल इन्जिनियर एशोसियसनका ५५ जनाले जनता समाजवादी पार्टी निकट नेपाल इन्जिनियर समाजमा प्रवेश गरेको कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि अध्यक्ष यादबले जसपामा स्वागत गर्दै वहाले सो धारण राख्नु भयो ।
वीरगञ्जमा नेपाल इन्जिनियरीङ्ग समाज जिल्ला कार्यसमिति पर्सा र बाराको आयोजनामा भएको कार्यक्रममा एशोसियसनका प्रदेश अध्यक्ष राजेश राय यादब सहित ५५ जनाले प्रवेश गरेका हुन् ।
समाजका केन्द्रिय सल्लाहकार हरीशंकर साहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जसपा पर्साका अधयक्ष रामनरेश यादब, पुर्व सांसद इन्जिनियर आत्मराम साह, बौद्धिक पेशाकर्मी प्रदेश न. २ का अध्यक्ष बिजय यादब, जसपा पर्साका सचिब तबरेज अहमद, नेपाल इन्जिनियर समाजका केन्द्रिय सचिब रबी कुमार पटेल, श्यामबाबु गुप्ता, शशीभुषण साह, समाजका प्रदेश उपाध्यक्ष सुजित साह, जसपाका नेता पन्नालाल साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको