LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

लालबाबु बानिया पर्सा ९ माघ ।
हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्साले आज एक कार्यक्रमका बिच कॅरोना महामारीको बेला सेवाभाव कार्यमा अग्रणी भूमिका निर्वाह गरेका संघ-संस्था सहित ३० जना लाई सम्मान गरेको छ।पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रम हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्ष संतोष पटेलको प्रमुख आतिथ्य एवं जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एस.पी. बेल बहादुर पाण्डेयको बिशिष्ट आतिथ्यमा सम्पन भएको थियो।

सम्मानित हुनेमा बीरगंज महानगरपालिका, जिल्ला समन्वय समिति पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशत्र प्रहरी कार्यालय पर्सा, नारायणी अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा,नेपाल पत्रकार महासंघ पर्सा शाखा,रेडियो बीरगंज, हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता,केन्द्रिय सदस्य किरण अग्रवाल, समाजसेवी संजय सिंह लगायत हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्सा उपाध्यक्षहरु छबिलाल उप्रेती, बिरेन्द्र गुप्ता,राधेश्याम सरार्फ,सचिव सुधीर मिश्रा, सह-सचिव अंशु कुमार प्रजापति, कोषाध्यक्ष पपू सिंह,सह-कोषाध्यक्ष दीपक पटेल,वरिष्ठ सल्लहकार चन्द्र नारायण सिंह रिजाल, जोगिन्द्र प्रसाद कलवार,जिल्ला सदस्यहरु रोहित गुप्ता,अमोद कुमार केवट,मुकेश पटेल,कनैया पटेल,बिरेन्द्र चौहान, जितेन्द्र सरार्फ हिन्दू परिषद नेपालको केन्द्रिय सचिवालय सदस्य क्रियाशील पत्रकार लालबाबु बानिया सहित सम्मानित भएका थिए।गीता मन्दिर बीरगंजमा रहेको हिन्दू परिषद नेपालको सभा हलमा भएको सम्मान कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश चौरशिया, नारायणी अस्पतालका प्रतिनिधि डा. रोशन सरोज दास,सम्मानित हुने संस्थाका प्रतिनिधि सहित हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, पंडित सचितनन्द दुबे,अजिता देवी पटेल,संतोष सरार्फ,केन्द्रिय सल्लहकार अधिबक्ता बिनोद पटेल,बीरगंज नगर अध्यक्ष प्रमोद सिंह सहित परिषदका बिभिन्न तह र तपका ब्यक्तित्वहरु सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको