LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

बिरगंज ८ माघ । पर्साको ठोरीमा भारतीय एस एस बि को ज्यादती बढेको छ। आज भारतको भिखना ठोरी बजार गर्न गएका नेपालीहरुलाई भारतीय एस एस बि फोर्सले लाठिचार्ज गरेको छ।भाततीय बजारबाट सरसमान किनी नेपाल फर्किंदै गर्दा ठुटेखोलामा भारतीय एस एस बि हिमांसु र घुमुवा जाकिर अलि खानले नेपाली पक्षका ठोरी ३ बुद्धनगर निवासी बिष्णु घिमिरे ,राजकुमार अधिकारी,भिमलाल तामाङ ,विकास गुरुङ लगाएतका ७ जनाभन्दा बढी महिला र पुरुषलाई लाठिचार्ज गरि घाइते भनाएका छ्न्।
नेपाली पक्षले पिटाइ खाएको खवर सुनेर ठुटेखोलामा जम्मा भएका नेपाली पक्ष र भारतीय भिखना ठोरीका स्थानीबासीहरुले संयुक्तरूपमा एस एस बि को चर्को बिरोध गरेपछि उनीहरु लुकेर भागेको प्रतक्षदर्शीहरुले बताए।
जम्मा भएका नेपाली र भारतीय पक्षहरुले एस एस बि फोर्सले केहीदिनदेखि ज्याददी गरेको गुनासो गरे। नेपाली महिलाहरुको शरीर चेकजाँच समेत गर्ने गरेको महिलाकर्मी मिना गिरीले गुनासो गरिन्।आज पनि बाँदरझुलाकी एक महिलामाथि भारतीय एस एस बि ले अभद्र व्यवहार समेत गरेको गिरीले जानकारी गराइन्।भारतीय भिखनाठोरीका स्थानीयाहरुले नेपाल र भारतको रोटीबेटीको सम्बन्ध रहेको कारण भारतीय एस एस बि के गरेको अमानवीय कार्यको बिरोध समेत गरे।
ठुटेखोलामा जम्मा भएका दुबैपक्षका स्थानीयहरुले भारतीय एस एस बि ले माफी माग्नुपर्ने माग राखे।आक्रोशित भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निकै हाम्मेहाम्मे परेको थियो।
दिनभरी तनाब भएपछि भारतको सुभद्रा थानाबाट आएका प्रहरी अधिकारीले माफी मागेपछि केही साम्य भएता पनि पुन : दुबैपक्ष बसी सम्झौता गर्ने सहमती भएपछि हाललाई समस्याको समाधान गरिएको सशस्त्र प्रहरी बि ओ पी ठोरीका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको