LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

बीरगञ्ज, ५ माघ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं ५ निचुटा खेल मैदानमा अगामी १७ गते शनिबारदेखि प्रथम पटेर्वासुगौली गोल्ड कप २०७७ आयोजना हुने भएका छन। गाउपालिकाको सहयोगमा समता समाज नेपाल पटेर्वासुगौली गा पा. ५ निचुटा को आयोजनामा सो गोल्ड कप हुने जनाईएका छन ।आयोजक संस्थाले वडा नं ५ का वडा कार्यालयमा पत्रकार सम्मेलन गरी सो प्रतियोगितामा १२ वटा टिमहरुको सहभागिता रहने संस्थाका सदस्य काजी चौधरीले जनाएका छन। प्रतियोगितामा पर्साका ६ वटा, चितवनका २ वटा, बाराका १, रौतहटका १, सर्लाहीका १ र महोत्तरीका १ वटा टिमको सहभागिता रहने जनाएका छन। सो फूटवल गोल्डकपको बिजेता टिमलाई नगद २ लाख, उप बिजेता टिमलाई १ र टर्फी प्रदान गरिने सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीले बताए।त्यस्तै प्रत्येक दिनको खेलमा मैन अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार रुपैया, बेस्ट गोल किपरलाई नगद पाच हजार, बेस्ट डिफेन्डर, बेस्ट मिड फिल्डर, सर्वाधिक गोल गर्ने खेलाडी बेस्ट कोचलाई जनही पाच हजार रुपैयाका दरले नगद पुरस्कार दिने सम्मेलनमा जानकारी गराए। त्यस्तै खेलको मैन अफ सेरिज हुने खेलाडीलाई नगद १० हजार रुपैया पुरस्कार प्रदान गरिने जनाएका छन।ग्रामीण यूवाहरुमा कुलत तथा बिकृति बढ्दै गएका र खेलप्रति यूवाहरुको चाहना घट्दै गएका हुदा यसप्रति यूवाको आकर्षण गर्न यो गोल्डकपको आयोजनामा गाउपालिकाले पूर्णरुपले लगानी गरेको गाउपालिका अध्यक्ष हरिनारायण चौधरीले बताए।खेलको माध्यमबाट गाउ समाज तथा देशकै नाम उच्च राख्न सकिने तथा शरीरलाई स्वास्थ्य र तन्दुरुस्त राख्ने भएकाले जुन पनि खेलका लागि गाउपालिकाले अगामी दिनमा पनि लगानी गर्ने तैयार रहेका अध्यक्ष चौधरीले बताए। खेलमा सहभागी टिमले बढीमा तीन जना अन्तर्राष्ट्रिय खेलाडी खेलाउन सकिने निती बनाईएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको