LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

सखुवाप्रसौनी ५ माघ ।
पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२ को आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा -२, सखुवाप्रसौनी गाउँमा दलित समुदायको भेला गरि दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ।
दलित समुदायको माथि भैइरहेको हिंसा , हत्या , विभेदको विरुद्ध आवाज उठाउन यो दलित दबाब समुह गठन गरिएको छ। दलित माथिको जातीय विभेद , छुवाछूत , सामाजिक विभेद , अन्याय , अत्याचार , दमन शोषण असमानता कायम नै रहेकोे छ। गैर दलितले अहिलेसम्म दलितलाई मानव मानेका छैन।
गाउँपालिका / वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको छैन। गाउँपालिकाको बजेट, निति तथा कार्यक्रममा दलित सवाल , अधिकारलाई समाबेश गरिएको छैन ।
दलित समुदायको समस्या , दलित समुदायको अधिकारको संघर्ष गर्न आवश्यक देखिएको छ। गाउँपालिका बाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको दलित समुदायको गुनासो रहेकोे छ।
नेपाल सरकारले दिएको सेवा सुबिधा , हाम्रो अधिकार गाउँपालिकाले दबाएर , लुकाएर राखेको दलित अगुवाले भन्नू हुन्छ।
पर्सा जिल्लाको सखुवाप्रसौनीको सबै वडाको दलित जनता संग गैस सिलिन्डर वितरणको लागि ७०० , ८०० रुपैया लिएर अहिलेसम्म गैस सिलिन्डर वितरण गरिएको छैन। दलित समुदायमा आक्रोश रहेकोे छ। सम्बन्धि निकायले धन्यवाद दिनु पर्छ।।
गाउँपालिका , वडा र प्रदेश सरकार , नेपाल सरकारलाई दलितको अधिकार लागि दबाब दिनकोलागि वडा स्तरीय दबाब समुह गठन गरिएको छ। सखुवाप्रसौनी गाउँपालिकाको ६ वटा वडामा वडा स्तरीय दलित दबाब समुह गठन गर्ने योजना रहेकोे छ।
गठन गरिएको दलित दबाब समुहको संयोजक प्रमेन्द्र पासवान संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ। समुहको स-संयोजक अशोक दुसाद सदस्यमा धर्मेन्द्र मुसहर , तपेन्द्र महरा , मुन्ना मुसहर , शान्ति देवी पासवान , चनराउति देवी , धर्मेन्द्र माझी , पानमती देवी , मदोदरी देवी , पार्वती देवी , भिखारी देवी , बनिया देवी , कोसिला देवी लगायतको रहनु भएको छ।
दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान , पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य संजोग राम, पिसफोर दलितस फाउन्डेसन नेपालको युवा प्रदीप राम , दलित अगुवा हिरालाल राम, छनु पासवान लगायतको सहभागिता रहेकोे छ।
यस संस्थाको पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियान्ता मनोज राम ज्युले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको