LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

वीरगञ्ज । पुष १९ गते यात्रा डेली डटकममा प्रकाशित पैसाको आभावमा क्यान्सर पिडित सन्तोष चौधरी उपचारबाट वञ्चित समाचार प्रकाशित भएपछि उनकोलागि अहिले आर्थिक सहयोग जुट्न थालेको छ
पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबिनी गाउँ निवास ४० वर्षीय चौधरीको उपचारका लागि रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले ४५ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबका सदस्यहरुले मिलेर उठाएको सहयोग रकम क्यान्सर पिडित सन्तोष चौधरीलाई शनिबार एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ ।
चौधरीको घरमा पुगेर क्लबका सामाजिक परियोजना संयोजक अनिल जयसवालले स्थानीय समाजसेवी तबरेज अहमद, सलाउदीन अहमद, खेमराज साहलगायतको उपस्थितिमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
चौधरीको अवस्था बारे यात्रा डेली डटकममा प्रकाशित समाचार पढेपछि क्लबका सदस्यहरुले छलफल गरेर आफैमा रकम सङ्कलन गरेर सहयोग गरेको जयसवालले बताए । उनले समाचार प्रकाशित गरेकोमा यात्रा डेलीप्रति आभार समेत प्रकट गरेका थिए ।
विगत लामो समयदेखि क्यान्सरबाट पिडित चौधरीले नेपालको विभिन्न अस्पताल पुगेर आफ्नो उपचार गराई सकेका छन् । उनलाई अहिले चिकित्सकहरुले भारत विहार राज्यको पटनास्थित अखिल आयुरविज्ञान संस्थान उपचार गराउँन सुझाव दिएका थिए । तर, पैसाको अभावमा उनले त्यहाँ उपचार गराउँन सकिरहेका थिएनन् ।
पैसाको अभावमा चौधरी उपचारबाट वञ्चित भएपछि यात्रा डेली डटकमका पर्साको ग्रामिण क्षेत्रका  रिपोर्टर राजन कुमार बानियाले सहयोग पुग्ने उद्देश्यले उनको अवस्थाका बारेमा समाचार सम्प्रेषण गरेका थिए । समाचारमा उनको परिवारका सदस्यले सहयोगको अपिल गरेका थिए । 
पीडित चौधरीलाई सहयोग गर्ने सहयोगी हातहरुलाई एनआइसी बैंकको खाता नम्बर 2261458582524001 मा रकम जम्मा गरिदिन उनको परिवारका सदस्यले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको