LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

हेटौंडा २४ पुस । मकवानपुर प्रहरीले मनरहरी सिम्पानीबाट लागू औषध गाँजासहित आठजनालाई पक्राउ गरेको छ । गाँजा ओसार पोसारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं.२ का वर्ष २२ का सुजन प्रजा,वर्ष २५ का दिपक लामा, वर्ष ५२ का कान्छाराम लामा, वर्ष ४५ का गोपाल चेपाङ्ग, वर्ष ३१ का रतन सिङ्गतान, वर्ष ३६ का उदास ब्लोन, वर्ष २५ का प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा ४ का वर्र्ष ३४ का सिताराम सिङ्गतान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रहरीले उनीहरुबाट ४४ किलोग्रमा लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले मनहरीबाटै थप ८६ किलोग्राम गाँजा समेत बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजासहित मानिसहरुलाई नियन्त्रणमा लिएको हो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको