LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

कृष्णा कुशवाहा बिरगंज २३ पुस । अखिल नेपाल पिछडावर्ग (OBC )महासंघ पर्साले आज पर्साका प्रहरी उपरिक्षक गंगा पन्तको बिदाई तथा सम्मान कार्यक्रम गरेको छ । होटल कुमु प्यालेशमा एक कार्यक्रम गरी ओविसीले प्रहरी उपरिक्षक गंगा पन्तको बिदाई एवं सम्मान गरेको हो ।
पर्सा अध्यक्ष अकलेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक पन्तले समाजमा शान्ति सुरक्षा कायम गर्न सवैको सहयोग आवश्यक रहने बताउनुभयो । खुल्ला सिमानाका कारण पर्सा जिल्ला सुरक्षाको दृष्टिकोणले चुनौतीपुर्ण रहेको जानकारी दिनुभयो । उहाँले ११ महिने पर्सा बसाईको क्रममा जम्मा ९ दिन बिदा लिएको र बाँकी दिन सम्पुर्ण ध्यान जिल्लाको शान्ति सुरक्षामा व्यतित गरेको जानकारी दिनुभयो
उहाँले सम्मानित गर्ने ओबिसि संस्थालाई धन्यवाद दिदै अगामि दिनमा पनि समाजिक कार्य गर्न अनुरोध गर्नुभयो । यसैगरी अध्यक्ष साहले एस।पि गंगा पन्तले गरेको काम प्रंशासा योग्य रहेको बताउनुभयो । उहाँले पर्साको शान्ति सुरक्षाका साथै वीरगंजको बिकाशमा बिशेष ध्यान दिएको चर्चा गर्नुभयो । उहाँले ११ महिने कार्यकालमा २३ किलो सुन काण्ड पक्राउ लगायत ट्राफिक व्यवस्थापन र सरसफाईमा बिशेष जोड दिएको बताउनुभयो ।
उहाँको कार्यकालमा पर्सा जिल्लामा शान्ति ,सुशासन र समाजिक कार्यमा तिव्रता आएकोले सम्मानित गरिएको समेत साहले बताउनुभयो ।
कार्यक्रममा ओविसी महासंघका महासचिव तेजप्रकाश निषाद, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक दिपक साह,बिर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी,नेकपाका युवा नेता हनिफ अंसारी,रवि गुप्ता,कृष्णा कुशवाहा, ओविसीका धर्मेन्द्र पटेल, नवलकिसोर साह, राजन साह, रामकुमार पटेल, राजन गुप्ता,नितेश वर्णवाल,नविन बैठा, रामप्रसाद सर्राफ,राकेश गोंड,औनितराज रौनियार,रुपेश रौनियार,बिकाश साह तेली ,सतनारायण पासवान, सोजाईर अंसारी, अनिल हजरा, दिलपाल साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संजिव मिश्राले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको