LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज २३ पुस । मुख्यमन्त्री लालबाबु राउतले ठाकुर राम बहुमुखी क्याम्पस विरगंजका क्याम्पस प्रमुख डा. कुशावाहाको असामयिक निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
५२ वर्षको उमेरमा गए राति निधन भएको कुशवाहाको संस्थापक रहेको ओम इन्टरनेशनल कलेज पुगी मुख्यमन्त्री राउतले उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।
ठाकुर राम क्याम्पसमा अध्यापन गराउँदाको दिनहरुलाई सम्झिदै मुख्यमन्त्री राउतले उहाँको मिलनसार व्यक्तित्व, शालिन्ता अविस्मरणीय रहने उल्लेख गर्नु भयो ।
कोरोना कालमै निधन भएको प्राध्यापक प्रमोद गुप्तालाई समेत स्मरण गर्नु हुूँदै मुख्यमन्त्री राउतले उहाँहरुको निधनले ठाकुर राम क्याम्पस र विरगंजको समग्र शैक्षिक क्षेत्रलाई अपूर्णीय क्षति भएको बताउनु भयो ।
उक्त श्रद्धाञ्जलीसभामा जसपा केन्द्रिय सदस्य विरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदिन अहमद , ठाकुर रामका पूर्व क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहा , पिरामेड कलेजका प्रमुख संजय सिंह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको