LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज २२ पुस । पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनको केन्द्रीय अनुसन्धान व्युरो इन्टिलिजेन्स महाशाखा, महाराज काठमाडौंमा सरुवा गरेको छ ।
अब पर्सामा नयाँ एसपीका रुपमा बेलबहादुर पाण्डे आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना प्रकाशित गरी प्रहरी महानिरीक्षकको निर्णयबाट ३० जना एसपीहरुको सरुवा गरिएको जनाएको छ । जसअनुसार झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ । कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ भने धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको