LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि समूहको पर्सा जिल्ला कमिटीको बैठक साेमबार वीरगञ्जमा सम्पन्न भएकाे छ ।
जिल्ला अध्यक्ष प्रभु हजाराको अध्यक्षतामा होटल कुमु प्यालेसमा बसकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख महिनामा संसदीय चुनावको घोषण गरेकाले त्यसको परिणाम आफ्नो पक्षमा पार्नको लागि सम्भाब्य सबै उपाएको अवलम्बन गर्ने निर्णय गरेको छ ।
यसैगरि आजको बैठकले १४ वटै स्थानीय तहमा यसै महिनाको अन्त्य सम्म इलाका स्तरिय भेलाको आयोजना गर्ने र कमिटी निर्माण परिचालन तथा सुदृढीकरणलाई अभियानको रुपमा अघि बढाउने निर्णय समेत गरेको छ । बैठकले पार्टीको गतिबिधिलाई प्रभावकारी बनाउनको लागि विभिन्न जिम्मेवारी समेत तोकेको कुरा जिल्ला कमिटीका सदस्य सञ्जिव मिश्राले जनाएका छन् ।
बैठकमा बाेल्दै जिल्ला कमिटीका अध्यक्ष प्रभु हजराले अब सबैलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने र कसैमाथि पनि अन्याय हुन नदिइने बताए ।
बैठकका केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य राजकुमार गुप्ताले समृद्ध नेपाल र सुखि नेपालीको सरकारको आकांक्षा पुरा गर्दै निर्वाचनमा पर्साका सबै क्षेत्रमा आफ्नो उम्मेदवारलाई निर्वाचित गर्ने अभियानमा सबै लाग्न निर्देशन दिए ।
बैठकमा केन्द्रिय सदस्यहरु निर्मला देवकोटा, डाक्टर बिश्वम्भार कुमार शर्मा, प्रधुमन चौहान, बसुरुद्दिन अन्सारी, बिना शर्मा, प्रदेश सदस्य योगेन्द्र साह, तेजप्रकाश निषाध, जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।
आजै बसेको महानगरका अगूवाहरुको बैठकले महानगरमा पार्टी गतिबिधीलाई अघि बढाउने निर्णय समेत गरेको जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको