LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पोखरिया १२ पुस । पर्साकाे धोबिनी गाउँपालिकाकाे वडा नं. २ आसवारीमा आइतबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी र माट्रीका आइ फाउन्डेसनको संयुक्त आयाेजनामा भएकाे शिविरमा ३ सय ६ जनाले आँखा परिक्षण गराएका थिए । जस मध्ये १७६ जनामा मोतियाबिन्दका बिरामीहरु फेला परेकाे मेयर सरावगीकाे सचिवालयले जनाएकाे छ ।
शिविरकाे उद्घाटन वीरगंज महानगरका मेयर सरावगी नै गरेका थिए । शिविरकाे उद्घाटन गर्दै मेयर सरावगीले समाजिक दायित्व वहन गर्दै वीरगंज महानगरमा मात्र नभई जिल्ला ग्रामिण भेगमा पनि शिविर संचालन गरिएकाे वताए ।
शिविरमा माेतियाबिन्द फेला परेका सबै जनाको पुष २१ गते माट्रीका आइ फाउन्डेसनमा नि:शुल्क शल्यक्रिया समेत गरिने छ ।
शिविरमा उद्घाटन समाराेहमा जनता समाजवादी पार्टीका नेता सलाउदीन अहमद, जगदिश पटेल, पप्पु पटेल, अजय पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको