LIVE 
धोबिनी गापाको जगरनाथपुरमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत वितरण | पोखरिया-४ मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न । | ठोरीमा जोखिम न्यूनीकरण योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखी करण तालिम सम्पन्न | प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद । | धोबिनी गापाको स्वास्थ्य संस्था हरुमा अौषधीको अभाव ,सेवाग्रही मर्कामा | धोबिनी गाउँपालिका-३ हरिहरपुरमा आगलागी ५ वटा घर जलेर नस्ट २० लाख बराबरको क्षति | नेपाली मुस्लिम समाज भिस्वा द्वारा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न | मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा |

वीरगन्ज ३ पुस ।  नेपाल कम्नियुस्ट पार्टी पर्साको अध्यक्षसहितको टोलीले पार्टी कार्यकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरि जिल्लाको समसामाईक राजनितिको बारेमा अवगत गराएको छन् । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको नेतृत्वमा गएको टोलीले यसै महिनाको अन्तिम साता पर्साको पोखरियामा विशाल जन सभा गर्ने र उक्त सभाको प्रमुख अतिथिको रुपमा कार्यकारी अध्यक्ष प्रचण्डलाई सहभागि हुन गरेको आग्रहलाइ अध्यक्ष प्रचण्डले स्विकार गर्नु भएको छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले जिल्लाको पार्टी गतिविधिलाई निर्धक्क साथ अगि बढाउन निर्देशन दिनु भएको थियो । पोखरियामा आयोजना गरिने सभामा अध्यक्षँ प्रचण्डसंगै पार्टीका महासचिव विष्णु पौडेल पनि आउनु हुने तय भएको पर्सा पार्टी प्रतिनीधि मण्डलले जानकारी गराएको छ ।
प्रतिनिधी मण्डलमा सहभागि पर्सा जिल्ला अध्यक्ष प्रभु हजाराले जिल्लाका केही पालिकामा पार्टीको विधान र पद्धति विपरित कमिटि गठन गरेको कुरा जानकारी गराउँदै बिन्दवासिनी गाउँपालिकाको प्रसौनी घटना त्यसैकै परिणती भएको समेत बताउनु भयो । वाहाले पार्टी कमिटिलाई गति सिल बनाउन विधान विपरित गठित कमिटिलाई कारवाई गरि बैधानिक कमिटीलाई काम गर्ने बाटो खुला गरिदिन जिल्ला अध्यक्ष हजाराले कार्यकारी अध्यक्ष दाहलसंग माग गर्नु भयो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले पर्साको विभिन्न घटना बारे अब आफु स्पष्ट भएको बताउदै गलतगर्नेहरुलाई कानुनले सजाय दिने र निर्दोषलाई कसैले फसाउन खोज्छ भने उ आफै नाङ्गीने बताउने आफु सँधै सत्य र न्यायको पछमा रहेको बताउनु भयो ।
पर्साबाट गएको प्रतिनीधि मण्डलमा पार्टीका केन्द्रिय सदस्या निर्मला देवकोटा, शेष चाँदतारा, नेताहरू बाबुराम कौसिक, रामबाबु बैठा, नेता तथा संविधान सभाका सदस्य राजकुमार गुप्ता, संविधान सभा सदस्या जुनेद अन्सारी, रामअश्रे राम , नेता तेजप्रकाश निषाध , बसुरुदिन अन्सारी, जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया, नेकपा ठोरी गाउँ पार्टी कमिटिका अध्यक्ष खगेन्द्र श्रेष्ठ, जिराभवानी गाउँपालिका अध्यक्ष रामप्रित महतो ,नेता अमिताब बचन दासलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको