LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बारा २७ मंसिर । संघीय लोकतान्त्रिक गणतन्त्रमा संचारको भूमिका अत्यन्त आवस्यक भएकोले हाम्रो संगठन त्यसप्रति हरेक कुरा लाइ समाजको सामु जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रति बद्धता जनाएका छन्। तर हालको अवस्थामा हाम्रा समाजमा भए गरेका समस्या लाइ बिभिन्न दलगत भावनाले ग्रसित भएको कुरा लाइ औल्याउदै त्यस्ता गतिविधि बाट माथि उठेर मधेशी पत्रकार समाज नेपाल बारा शाखाको बिस्तार र पुनः गठनको जिम्मेवारी सहित आज मधेशी पत्रकार समाज नेपालको प्रदेश २ का उपाध्यक्ष मनोज कुमार मिश्रको प्रमुख आतिथ्य तथा अनिल कुमार वर्माको संयोजकत्वमा नया समिति चयन गरिएको छ ।
जिल्ला कार्य समिति १४ सदसीय सर्ब सहमतिले अध्यक्ष पदमा अमरेश कुमार पाण्डे, कार्यकारी उपाध्यक्षमा सन्ध्या धीताल, उपाध्यक्ष सरोज पटेल, कोषाध्यक्ष अभय दुबे, सचिव मानिकचन साह, सह सचिव उपेन्द्र कु पासवान, सदस्य महमद अन्सारी, शैलेश तिवारी, समी अख्तर, आशा गुप्ता, अन्चली तिवारी, दिंबंधु कुमार साह (शम्भु कुमार साह), श्याम साह, संजु राम मोची र सलाहकारमा मुना प्रसाद साह र अनिल कुमार वर्मा रहेका छन् ।
मधेशी पत्रकार समाज बाराले समस्यामा परेका पत्रकार लाइ चाहिने सहयोग गरि समस्याको समाधान गर्ने तथा उत्पीडनमा परेका सर्वसधारनको अवाजलाइ सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उधेश्यले यस संगठनको निर्माण गरिएको छ। बिगतको समस्या लाइ औल्याउदै बिधमान समस्या बारेमा पत्रकारिताको भूमिका न्यून रहेको बारेमा विशेष ध्यानाकर्षण गरि अगाडी बढ्ने समेत अध्यक्ष पाण्डेले जनाएका हुन्। तयस्तै समाजका अध्यक्ष पाण्डेयले आउने दिनमा बाराका कुनै पत्रकार माथि कुनै प्रकारको समस्या परेको खण्डमा आफुहरु पनि त्यसको लागि जुन सुकै कदम चाल्न पछी नहट्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको