LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बीरगंज २० मंसिर । जिल्ला प्रशासन कार्यालय, पर्साले ११ हजार घूससहित नापतौल तथा गुणस्तर कार्यालय वीरगंजका ४ जना कर्मचारीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको छ । हिजो अपरान्ह पक्राउ परेका चारजनामध्ये दुईजनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अख्तियारको निर्देशन अनुसार कार्यालय प्रमुखको जिम्मा लगाएको र रिपोर्ट नेगेटिभ आएपछि अख्तियारमा बुझाउने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनु भयो । पक्राउ परेका कर्मचारीमध्ये सहायक निरीक्षक वीरेन्द्र उपाध्याय, सहयोगी पद्मबहादुर रोक्का, सत्यनारायण चौधरी र एकजना चालक रहेका छन् । पोजेटिभ देखिएका दुई कर्मचारीलाई होम आइसोलेशनमा राखिएको र अन्य दुई कर्मचारीलाई नियन्त्रणमा लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको जिम्मामा लगाईएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले जानकारी दिनुभयो । हिजो परवानीपुरको एक कारखानामा चेकजाँचको बहानामा नापतौल तथा गुणस्तर कार्यालय वीरगंजका कर्मचारीहरुले सामानहरु नियन्त्रणमा लिएका थिए । सोही सामान फिर्ता गर्न कर्मचारीले कारखानासँग ११ हजार घूस लिएका थिए । सहायक निरिक्षक विरेन्द्र उपाध्यायले ५ हजार तथा कार्यालय सहयोगी र चालकले २÷२ हजारको दरले रकम लिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो । प्राप्त जानकारी अनुसार रकम लेनदेन गर्दा भिडियो बनाईएको र सो भिडियो अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टङ्गालमा पठाएको र अख्तियारले दिएको सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी तामाङ्गले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको