LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

विराटनगरः मोरङको लेटाङबाट जुवातास खेलिरहेको अवस्थामा नगदसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। लेटाङ–२, जाँतेमा श्वेता मगरको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई सोमबार राति २ बजे नगद एक लाख ८८ हजारसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

पक्राउ पर्नेमा लेटाङ–९, जाँतेका ४५ वर्षीय दधिराम पौडेल, २५ वर्षीय निर्मल मगर, ३१ वर्षीय रञ्जीत गजमेर, ५२ वर्षीय नरध्वज खड्का, ३२ वर्षीय चन्द्रबहादुर गौतम, २९ वर्षीय सिरीकुमार पुलामी मगर र तेह्रथुम मेन्सायोङ गापा-३ का यमकुमार शेर्पा छन्। प्रहरीले उनीहरुको साथबाट नगदसहित कौडा १ सेट, तास छ बुक र १६ थान मोबाइलसमेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको