LIVE 
मिश्र र पासवानको कार्यशैलीमाथि कार्यकर्ताको असन्तुष्टि | पर्सा लेखापढी व्यवसायी एशोसिएसनको अध्यक्षमा सन्नी पटेल निर्वाचित | सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने |

बीरगंज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा क्षेत्रीय सभापति जितेन्द्र मिश्र र सहसचिव तथा संगठन विभाग प्रमुख कृष्ण पासवानको कार्यशैलीलाई लिएर पार्टीभित्र विवाद चुलिएको छ। उक्त विवादपछि कार्यकर्ताहरूबीच मनमुटाव बढ्दै गएको बताइएको छ।

पर्सा क्षेत्रअन्तर्गत छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीमा आयोजित वडा अधिवेशनमा सहमतिका आधारमा समिति गठन गर्ने प्रयास भएको थियो। तर, सभापति मिश्र र संगठन विभाग प्रमुख पासवानले व्यक्तिगत अडान लिँदा सहमति हुन नसकेको एक कार्यकर्ताले बताएका छन्।

सहमति नभएपछि कार्यकर्ताहरूले मतदानमार्फत समिति गठन गर्नुपर्ने माग गरेका थिए। तर, त्यसमा पनि अवरोध खडा भएपछि कार्यक्रम स्थगित भएको जनाइएको छ। कार्यकर्ताहरूले कार्यक्रम स्थगित भएको व्यहोरा माइन्युटमा उल्लेख गर्न माग गरे पनि त्यसमा सहमति नभएको बताइएको छ।

विवाद बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। एक कार्यकर्ताका अनुसार प्रहरी हस्तक्षेपपछि मिश्र र पासवान माइन्युट लिएर कार्यक्रमस्थलबाट निस्किएका थिए। पछि उनीहरू मिर्जापुर क्षेत्रमा रहेको सूचना पाएपछि केही कार्यकर्ताहरू त्यहाँ पुगेका थिए। त्यसक्रममा मुर्ली चोकमा दुवै पक्षबीच विवाद हुँदा मिश्र र पासवान सवार बीइबी ५७८१ नम्बरको गाडीमा सामान्य तोडफोड भएको बताइएको छ।

यता, क्षेत्रीय सभापति मिश्रले भने पार्टीको काम सकेर वीरगंज फर्कने क्रममा आफूलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको दाबी गरेका छन्। प्रहरीले पनि उनी सवार गाडीमा तोडफोड भएको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको