LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

बीरगंज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा क्षेत्रीय सभापति जितेन्द्र मिश्र र सहसचिव तथा संगठन विभाग प्रमुख कृष्ण पासवानको कार्यशैलीलाई लिएर पार्टीभित्र विवाद चुलिएको छ। उक्त विवादपछि कार्यकर्ताहरूबीच मनमुटाव बढ्दै गएको बताइएको छ।

पर्सा क्षेत्रअन्तर्गत छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीमा आयोजित वडा अधिवेशनमा सहमतिका आधारमा समिति गठन गर्ने प्रयास भएको थियो। तर, सभापति मिश्र र संगठन विभाग प्रमुख पासवानले व्यक्तिगत अडान लिँदा सहमति हुन नसकेको एक कार्यकर्ताले बताएका छन्।

सहमति नभएपछि कार्यकर्ताहरूले मतदानमार्फत समिति गठन गर्नुपर्ने माग गरेका थिए। तर, त्यसमा पनि अवरोध खडा भएपछि कार्यक्रम स्थगित भएको जनाइएको छ। कार्यकर्ताहरूले कार्यक्रम स्थगित भएको व्यहोरा माइन्युटमा उल्लेख गर्न माग गरे पनि त्यसमा सहमति नभएको बताइएको छ।

विवाद बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। एक कार्यकर्ताका अनुसार प्रहरी हस्तक्षेपपछि मिश्र र पासवान माइन्युट लिएर कार्यक्रमस्थलबाट निस्किएका थिए। पछि उनीहरू मिर्जापुर क्षेत्रमा रहेको सूचना पाएपछि केही कार्यकर्ताहरू त्यहाँ पुगेका थिए। त्यसक्रममा मुर्ली चोकमा दुवै पक्षबीच विवाद हुँदा मिश्र र पासवान सवार बीइबी ५७८१ नम्बरको गाडीमा सामान्य तोडफोड भएको बताइएको छ।

यता, क्षेत्रीय सभापति मिश्रले भने पार्टीको काम सकेर वीरगंज फर्कने क्रममा आफूलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको दाबी गरेका छन्। प्रहरीले पनि उनी सवार गाडीमा तोडफोड भएको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको