LIVE 
सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा |

वैशाख,१२ –इलाका प्रहरी कार्यालय पोखरियाको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्र.नि प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीयवासी, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रहरी निरीक्षक पौडेलले ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरेका थिए। उनले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारीसाधन नचलाउन विशेष रूपमा चेतावनी दिएका थिए। साथै, मोटरसाइकल चलाउँदा अनिवार्य रूपमा हेलमेट प्रयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए। उनका अनुसार साना लापरवाहीले पनि ठूला दुर्घटना निम्त्याउन सक्ने भएकाले प्रत्येक नागरिक सचेत हुन आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागीहरूले पनि ट्राफिक नियम पालनामा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू अत्यन्त प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए। उनीहरूले सडक अनुशासन कायम राख्न प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

यसैबीच, ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सन्देश समेटिएका होर्डिङ बोर्डहरू पोखरियाका विभिन्न स्थानहरूमा स्थापना गरिएको जानकारी दिइएको छ। ती बोर्डहरूमा सुरक्षित यात्रा, हेलमेट प्रयोग, मादक पदार्थ सेवन नगरी सवारी चलाउने जस्ता सन्देशहरू समावेश गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको