LIVE 
पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम | मिश्र र पासवानको कार्यशैलीमाथि कार्यकर्ताको असन्तुष्टि | पर्सा लेखापढी व्यवसायी एशोसिएसनको अध्यक्षमा सन्नी पटेल निर्वाचित | सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो |

वैशाख ८ – विवादमा रहेका गृहमन्त्री सुधन गुरुङविरुद्ध कानुनी कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गरेको छ। मंगलबार मुभमेन्टका प्रवक्ता विजय शाहले प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै बुझाएको निवेदनमा गृहमन्त्रीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न माग गरिएको हो।

मुभमेन्टले गृहमन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै यसलाई ‘स्वार्थको द्वन्द्व’ को अवस्था भएको दाबी गरेको छ। त्यसैले निष्पक्ष छानबिनका लागि उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अडान लिएको छ।

उजुरीमा गृहमन्त्री गुरुङमाथि तीनवटा मुख्य आरोप लगाइएको छ। पहिलो, पदको दुरुपयोग गरी आफ्नै विरुद्धको अनुसन्धान प्रभावित पार्ने जोखिम रहेको उल्लेख गरिएको छ। दोस्रो, मुलुकी फौजदारी संहिताको हवाला दिँदै गम्भीर आरोप लागेका व्यक्तिले प्रमाण नष्ट गर्न सक्ने सम्भावना भएकाले तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरिएको छ। तेस्रो र सबैभन्दा गम्भीर आरोपका रूपमा ‘जेनजी’ आन्दोलनका क्रममा स्वयंसेवकको भेषमा प्रवेश गरी आन्दोलनलाई हिंसात्मक बनाउने प्रयास गरेको दाबी गरिएको छ।

त्यसैगरी मुभमेन्टले गृहमन्त्रीले आन्दोलनको आडमा बिचौलिया र दलालहरूसँग साठगाँठ गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप पनि लगाएको छ। निवेदनमा ७६ जना सहिदहरूको बलिदानमाथि अपमान हुने गरी गैरकानुनी गतिविधिमा संलग्न रहेको उल्लेख गरिएको छ।

नेपाल प्रहरी ऐन र मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार दर्ता गरिएको उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा समेत पठाइएको छ। आफ्नै मन्त्रालय मातहतको प्रहरी निकायमा गृहमन्त्रीविरुद्ध उजुरी परेपछि यसले राजनीतिक तथा प्रशासनिक क्षेत्रमा नयाँ तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको