LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगन्ज, १७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ का उम्मेदवार रामनरेश यादवलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बिरगंज महानगरपालिका वडा नं.१८ का वडा अध्यक्षका प्रत्याशी रहेका शिव पटेलसहित विभिन्न दल परित्याग गरेका नेता–कार्यकर्ताहरू जसपामा समाहित भएका हुन्। पार्टी प्रवेश गर्नेहरूमा शिव पटेल, सन्तोष पासवान, इस्लाम मियाँ, हरेराम पटेल, जंगबहादुर पासवान, नथु राउत, जलिल मियाँ, मुख्तार देवान, उमेश पटेल, आसिक अन्सारी, साम सिंह, सुरेन्द्र राम, धन सुनार साह र सोनालाल मण्डललगायत सयौं नेता तथा युवाहरू रहेका छन्।नवप्रवेशीहरूलाई मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी तथा उम्मेदवार यादवले टीका र गम्छा लगाएर स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले मधेसी समुदायको अधिकार, सामाजिक न्याय र समावेशी विकासका मुद्दालाई सशक्त रूपमा उठाउन जसपा नै उपयुक्त शक्ति भएको दाबी गरेका छन्।

उम्मेदवार यादवले पार्टी प्रवेश गर्ने सबैलाई धन्यवाद दिँदै जनताको विश्वास जित्न अझ सशक्त रूपमा अघि बढ्ने बताएका छन्। उनले निर्वाचनपछि पर्सा–१ को समग्र विकास, रोजगारी सिर्जना र सुशासनका लागि प्रतिबद्ध रहने धारणा व्यक्त गरेका छन्।

चुनावी सरगर्मी बढ्दै जाँदा विभिन्न दलबाट जसपामा भइरहेको प्रवेशले पर्सा–१ को राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको