LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

वीरगन्ज, १६ फागुन — पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचन झन् रोचक बन्दै गएको छ। पछिल्लो स्थानीय विश्लेषणअनुसार जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश यादव बलिया दाबेदारका रूपमा अगाडि देखिएका छन् भने नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादव कडा प्रतिस्पर्धीको भूमिकामा रहेका छन्।स्थानीय तहमा वर्षौंदेखिको सक्रियता, मधेसी अधिकार, विकास र जनसरोकारका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका कारण रामनरेश यादवलाई मतदाताले अग्रपंक्तिमा राखेर मूल्यांकन गर्न थालेको विश्लेषकहरूको भनाइ छ। जसपाको आधार मत, समुदायसँगको प्रत्यक्ष सम्बन्ध र संगठनात्मक बलले उनलाई निर्णायक उम्मेदवार बनाएको आकलन गरिएको छ।दोस्रो स्थानमा एमाले उम्मेदवार प्रदीप यादव देखिएका छन्। तत्कालीन खानेपानी मन्त्रीका रूपमा वीरगन्ज तथा पर्साका विभिन्न क्षेत्रमा देखाएको सक्रियता, पानी संकट समाधानका लागि अघि सारेका आयोजना तथा सडक एवं पूर्वाधार विकासका कामले उनलाई बलियो प्रतिस्पर्धी बनाएको उनका समर्थकहरूको दाबी छ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्त देखिएका छन्। होटल व्यवसायी पन्तले ‘नयाँ राजनीति’, पारदर्शिता र युवामैत्री एजेन्डा अघि सार्दै विशेषगरी युवा पुस्ता तथा स्वतन्त्र धारका मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्। यद्यपि संगठनात्मक मजबुतीको अभावका कारण उनी शीर्ष प्रतिस्पर्धाबाट केही पछाडि रहेको स्थानीय मूल्यांकन छ।

चौथो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटा रहेको विश्लेषण गरिएको छ। पूर्व संविधानसभा सदस्य भए पनि कमजोर जनसम्पर्क, घट्दो संगठनात्मक प्रभाव तथा मतदातामाझ अपेक्षित उत्साह सिर्जना गर्न नसक्दा कांग्रेस पर्सा–१ मा पछाडि परेको निष्कर्ष निकालिएको छ।

राजनीतिक जानकारहरूका अनुसार पर्सा–१ को निर्वाचन यसपटक अत्यन्त प्रतिस्पर्धात्मक हुने देखिन्छ। अन्तिम नतिजा मतदानको अन्तिम घडीसम्म परिवर्तन हुन सक्ने भए पनि हालको अवस्थाअनुसार रामनरेश यादव अग्रस्थानमा, प्रदीप यादव कडा चुनौतीका रूपमा, रास्वपा तेस्रो स्थानमा र कांग्रेस तुलनात्मक रूपमा कमजोर अवस्थामा देखिएको आकलन गरिएको छ।


 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको