LIVE 
पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम | मिश्र र पासवानको कार्यशैलीमाथि कार्यकर्ताको असन्तुष्टि | पर्सा लेखापढी व्यवसायी एशोसिएसनको अध्यक्षमा सन्नी पटेल निर्वाचित | सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो |

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीमा जनता समाजवादी पार्टी का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादव को घरदैलो कार्यक्रम सम्पन्न भएको छ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो कार्यक्रममा स्थानीय युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। घरदैलोका क्रममा उम्मेदवार यादवले निमुखा, दलित तथा पिछडिएका समुदायका हक–अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको पार्टीका रूपमा जसपालाई मत दिन आग्रह गरे।

कार्यक्रममा सहभागी स्थानीयले मधेसी समुदायको अधिकार, पहिचान र समानताका लागि वर्षौंदेखि संघर्ष गर्दै आएको पार्टी जसपा नै भएको भन्दै समर्थन जनाएका थिए। उनीहरूले “मधेसी अधिकारका लागि लड्ने एकमात्र पार्टी जसपा हो, यसको विकल्प छैन” भन्ने नारा समेत लगाएका थिए।

उम्मेदवार यादवले निर्वाचित भएमा कृषकका लागि कृषि–मैत्री नीति अवलम्बन गर्ने, समयमै मल–बीउको व्यवस्था गर्ने तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। “अब अधिकारका कुरा नारामा सीमित नराखी व्यवहारमा लागू गर्ने समय आएको छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको