LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादवप्रति स्थानीयस्तरमा जनआकर्षण बढ्दै गएको बताइएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समाजसेवी तथा लोकप्रिय नेताका रूपमा चिनिएका यादवको चर्चा घर–घरमा चुलिएको स्थानीयहरुले बताएका छन्।निमुखा, दलित तथा पछाडि पारिएका समुदायका हक–अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएको जसपा र त्यसका उम्मेदवारका रूपमा यादवप्रति स्थानीयको रुचि बढेको देखिएको छ। विशेषगरी सामाजिक न्याय, समान अधिकार तथा समावेशी विकासका एजेन्डाले मतदातालाई आकर्षित गरेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।बिहीबार उम्मेदवार यादव पर्सा–१ अन्तर्गतका विभिन्न वडामा जनसम्पर्क अभियानका क्रममा पुग्दा स्थानीयवासीले उनलाई स्वागत गरेका थिए। घरदैलो तथा भेटघाटका क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा दलित एवं विपन्न समुदायको सशक्तीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीयवासीले यादवलाई “जनताको दुःख–सुख बुझ्ने, सहज पहुँच भएका र व्यवहारिक नेता” का रूपमा चित्रित गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। उनका समर्थकहरूका अनुसार लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय रहेकाले पनि मतदातामाझ उनको विश्वासिलो छवि बनेको छ।

आगामी निर्वाचनलाई ध्यानमा राख्दै यादवले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। उनले निर्वाचन जितेपछि पनि जनतासँग नियमित परामर्श र सहकार्य गर्दै विकासका कार्यक्रम अघि बढाइने बताएका छन्। पर्सा–१ मा चुनावी सरगर्मी बढ्दै जाँदा यादवप्रति देखिएको समर्थनले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको