LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगञ्ज,११ फागुन। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेका छन्। पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै आज मिति २०८२/११/११ गते बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू घोषणा गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको उक्त आदेशअनुसार तोकिएको चार किल्लाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने व्यवस्था गरिएको छ।

तोकिएको चार किल्ला:
पूर्व: बाइपास रोड
पश्चिम: सिर्सिया नदी
उत्तर: गण्डक चौक
दक्षिण: शंकराचार्य गेट

प्रशासनले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटनालाई रोक्न कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। आदेश उल्लंघन गर्ने जो–कोहीमाथि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

अत्यावश्यक सेवामा छुट
कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरूलाई भने सञ्चालनमा सहजीकरण गरिनेछ। एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण गरिने प्रशासनले जनाएको छ।

प्रशासनले नागरिकहरूलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा अफवाहमा नलागी शान्ति कायम राख्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको