LIVE 
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया | प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्हाले कालिकामाई गाउँपालिकाको कार्यभार | धोबिनी गाउँपालिका वडा-२ भिखमपुरमा निशुल्क आँखा शिविर सम्पन्न | छिपहरमाईमा १ करोड २८ लाखको सोलार खरिदमा भ्रष्टाचार, ठुलो आर्थिक चलखेलमा उपभोक्ताबाट गराइयो काम | पर्सा–३ बाट दिपेश साहको नाम सिफारिस | कुम्हालटोलमा ग्यास बिस्फोटपछि भीषण आगलागी |

राजन कु. बानिया- पर्सा, २१ पुस। पर्साको पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा आज सम्पन्न भएको छ। पोखरिया नगरपालिकाको सभा हलमा आयोजित १०औँ हिउँदे नगरसभाको उद्घाटन नगरप्रमुख प्रधुमन चौहानले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

नगरप्रमुख चौहानको अध्यक्षतामा सम्पन्न नगरसभामा उहाँले पोखरिया नगरपालिकाको समग्र विकासका लागि आफू निरन्तर लागिपरेको बताउनुभयो। मालपोत, नापी शाखा तथा प्रदेशिक अस्पताल नगरपालिका भित्र ल्याउन सफल भइएको उल्लेख गर्दै इलाका प्रशासन कार्यालय स्थापना गर्ने कार्य पनि पूरा भइसकेको र केही दिनमै सञ्चालनमा आउने जानकारी दिनुभयो।

नगरप्रमुख चौहानका अनुसार नेरा मावि महोबनीको विद्यालय भवन निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको छ भने जिल्ला उच्चाङ्ग रामदेव माविको पुरानो भवनलाई नयाँ भवन निर्माणका लागि व्यवस्थापन गरिएको छ। त्यसैगरी नगर विकास समितिको सहयोगमा बजार क्षेत्रमा खटाल निर्माण तथा नगरपालिकाभित्र उद्योग व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू अघि बढाइएको छ। ती सबै कार्यक्रमहरू हिउँदे नगरसभाबाट पारित गरिएको उहाँले जानकारी दिनुभयो।

राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरेर काम अघि बढाइएकाले विकास निर्माणका कामले गति लिएको नगरप्रमुख चौहानको भनाइ थियो। यस वर्ष बजेटको अभावका कारण केही विकास कार्यमा ढिलाइ भएको स्वीकार गर्दै बजेटभन्दा बढी योजना समावेश भएकाले समस्या देखिएको बताउनुभयो। बाँकी रहेका विकास निर्माणका काम माघ महिनादेखि सुरु गरिने उहाँले जानकारी दिनुभयो।

हिउँदे नगरसभा कार्यक्रममा उप–नगरप्रमुख रुबी ठाकुरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले आफू भर्खरै पदस्थापन भएको उल्लेख गर्दै आफ्नो हस्ताक्षरबाट हुने कामलाई प्राथमिकतामा राखी जनताको सेवा छिटो र छरितो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समयमै समन्वय नहुँदा संघीय सरकारबाट प्राप्त बजेटभन्दा बढी बजेट निर्माण भएको जनाउँदै आगामी दिनमा बजेट संशोधन गरी विकासका काम अघि बढाइने जानकारी दिनुभयो।

विशेष नगरसभा कार्यक्रममा वडा अध्यक्षहरू लक्ष्मण साह कानु, नौसाद आलम, प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, शियानन्द चौहान, प्रमन्नद पटेल, किसोरी साह, कार्यपालिका सदस्यहरू रामबचन महतो, अजय साह लगायतले नगरसभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी, लेखापाल मन्दिप महतो, योजना शाखा प्रमुख संजय पाण्डे, अधिकृत विजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, सन्दीप साह, भगवान साह, सामाजिक शाखा प्रमुख वाल्मीकि साह, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा सह–संयोजक शिवसिंह पटेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको