LIVE 
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया | प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्हाले कालिकामाई गाउँपालिकाको कार्यभार | धोबिनी गाउँपालिका वडा-२ भिखमपुरमा निशुल्क आँखा शिविर सम्पन्न | छिपहरमाईमा १ करोड २८ लाखको सोलार खरिदमा भ्रष्टाचार, ठुलो आर्थिक चलखेलमा उपभोक्ताबाट गराइयो काम | पर्सा–३ बाट दिपेश साहको नाम सिफारिस | कुम्हालटोलमा ग्यास बिस्फोटपछि भीषण आगलागी |

पौष, १४ वीरंंगज । यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय वीरगंजमा आर्थिक चलखेलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिक्री गर्ने कार्य सुरु भएको छ । यस कार्यालयले सवारी लाइसेन्सका लागि लिखित तथा ट्रायल परीक्षा वा दुबै परीक्षामा फेल भएका व्यक्तिहरूसँग अवैध रकम असुल गरी परीक्षा पास गराउने कार्य सुरु गरेको हो ।

यातायात व्यवस्था कार्यालय वीरगंजका प्रमुख कुशेश्वर साह र अधिकृत बद्री प्रसाद दाहाल लगायतले विभिन्न सवारीको लाइसेन्सका लागि अहिले दर तोकेरै रकम असुली गर्न कार्यालयकै कर्मचारी लगायतका बिचौलियालाई परिचालन गरेको चर्चाले व्यापकता पाएको छ ।

जेन–जी आन्दोलन पछि बन्द रहेको लाईसेन्सन वितरण गर्ने कार्य भने अहिले केही हप्तादेखी सुरु भएसंगै कार्यालय प्रमुख साह र अधिकृत दाहालले अवैध आर्थिक चलखेलमा लाइसेन्स बिक्री गर्न कार्यालय सहयोगी तथा बिचौलिया मार्फत रकम असुलीमा लागेको बताईन्छ ।

पछिल्लो समय अवैध आर्थिक सेटिङ्गमा विभिन्न सवारी लाइसेन्सको दररेट तोकेर नै लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेलाई लाइसेन्स बिक्री गर्दै आएको कार्यालय प्रमुख कुशेश्वर साह र अधिकृत बद्री प्रसाद दाहाल लगायतका कर्मचारी विवादित समेत भईसके पनि मधेश प्रदेश सरकारका मन्त्रीको आशिर्वाद पाएका कार्यालय प्रमु्ख कुशेश्वर साहले कर्मचारी तथा बिचौलिया मार्फत सेटिङ्गमा लाईसेन्स बिक्रि गर्ने कार्य जारी राखेका छन् ।

घुसको दररेट तोकेर नै लिखित तथा ट्रायल परीक्षा फेल भएकाहरूलाई लाइसेन्स दिने गरेका प्रमुख साह भने सत्ता र पैसाको बलमा जोगिदै आएको छन् ।

कार्यालयकै कर्मचारीदेखि दलाल, बिचौलियाहरूलाई परिचालन गरी पहिलेदेखि नै अवैध तरिकाले लाइसेन्स बाँड्नमा सर्वाधिक चर्चा पाएको यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय वीरगंजमा काठमाडौं उपत्यका लगायत अन्यत्रबाट समेत लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेहरूलाई अवैध लाइसेन्स दिन कार्यालय प्रमुख साह र अधिकृत दाहालका दर्जनौं आसेपासेले असुली गर्न लागेका छन् । जुन कुराले अहिले सर्वाधिक चर्चा पनि बटुलेको छ ।

ट्राफिकको समेत मिलेमतो, सई खकुरेल मुख्य डिजाइनर

सवारी लाइसेन्सका लागि हुने लिखित तथा ट्रायल परीक्षामा यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय वीरगंजका कर्मचारी सहित ट्राफिक प्रहरी कार्यालय पर्साका कर्मचारीको समेत प्रतिनिधिको रूपमा सहभागिता रहेको हुन्छ । जसमा सवारी लाइसेन्सका लागि हुने अधिकांश परीक्षामा ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ सई गुणनिधी खकुरेलले आफ्ना अनुकुलका प्रहरीलाई प्रतिनिधिको रूपमा पठाई सेटिङ्गमा बिक्रि हुने लाईसेन्समा बराबरको भागिदार बन्दै आएका छन् ।

स्रोतका अनुसार सई खकुरेल ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुखलाई समेतलाई अवैध रकम असुली बापत हिस्सेदारी बुझाउने गरेकोले प्रायः सई खकुरेलले नै आफ्ना अनुकुल छनौछ गरेका ट्राफिक प्रहरीलाई सवारी लाइसेन्सको परीक्षा र ट्रायलमा प्रतिनिधि पठाउने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको