LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

 पर्सा,११ पुष । पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले शुक्रबार हाजिर भई औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। सोही अवसरमा आज एक समारोहबीच जनप्रतिनिधि र कर्मचारीहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

कालिकामाई गाउँपालिकाको सभा हलमा आयोजित परिचयात्मक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फुलमती देवी बरैनले प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गम्छा र फूलमाला लगाई स्वागत गर्नुभयो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

परिचयात्मक कार्यक्रमका क्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए। कार्यभार सम्हाल्दै कुशवाहाले कालिकामाई गाउँपालिकाको कामकारबाही नियमसंगत रूपमा अगाडि बढ्ने र विकासले गति पाउनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया व्यक्त गर्नुभयो।

स्वागत तथा परिचयात्मक कार्यक्रममा वडा अध्यक्षहरू लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय प्रसाद गोढ, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, कृषि शाखा प्रमुख रणधिर चौरसिया, जिन्सी प्रमुख विक्रम चौरसिया लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

यसअघि कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी सरुवा भई जिराभवानी गाउँपालिकामा जानु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको