LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

 पर्सा,११ पुष । पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले शुक्रबार हाजिर भई औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। सोही अवसरमा आज एक समारोहबीच जनप्रतिनिधि र कर्मचारीहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

कालिकामाई गाउँपालिकाको सभा हलमा आयोजित परिचयात्मक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फुलमती देवी बरैनले प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गम्छा र फूलमाला लगाई स्वागत गर्नुभयो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

परिचयात्मक कार्यक्रमका क्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए। कार्यभार सम्हाल्दै कुशवाहाले कालिकामाई गाउँपालिकाको कामकारबाही नियमसंगत रूपमा अगाडि बढ्ने र विकासले गति पाउनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया व्यक्त गर्नुभयो।

स्वागत तथा परिचयात्मक कार्यक्रममा वडा अध्यक्षहरू लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय प्रसाद गोढ, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, कृषि शाखा प्रमुख रणधिर चौरसिया, जिन्सी प्रमुख विक्रम चौरसिया लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

यसअघि कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी सरुवा भई जिराभवानी गाउँपालिकामा जानु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको