LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कु. बानिया –पर्सा, २ पुस। पर्साको धोबिनी गाउँपालिका वडा नं. ५, धोबिनीमा शिक्षकहरूलाई लक्षित गरी IEMIS सम्बन्धी तीन दिने तालिम आजदेखि सुरु भएको छ।

धोबिनी गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त IEMIS तालिम धोबिनीस्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयमा सम्पन्न भइरहेको छ। तालिमको उद्घाटन वडा नं. ५ का वडाअध्यक्ष मनौवर मियाँले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहान, विद्यालयका प्रधानाध्यापक जितेन्द्र राम, श्री कालिप्रसाद माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिओम पटेल, भिखमपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक विनय प्रसाद कुर्मी लगायत प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धी विषयमा प्रशिक्षक जगमोहन रौनियारले प्रशिक्षण दिनुभएको थियो। गाउँपालिका भरिका विद्यालयहरूलाई सुधार गर्ने उद्देश्यले शिक्षकहरूलाई IEMIS सम्बन्धी तालिम प्रदान गरिएको सहायक प्रशिक्षक गोविन्द पटेलले जानकारी दिनुभयो।

त्यसैगरी, विद्यालयहरूमा दिवा खाजा कार्यक्रम, विद्यालय सुधार योजना, समयमा परीक्षा सञ्चालन, नयाँ शिक्षण विधि लगायतका विषयमा सुधार तथा व्यवस्थापनसम्बन्धी जानकारी गराइएको गाउँपालिका शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहानले बताउनुभयो।

तीन दिनसम्म सञ्चालन हुने उक्त IEMIS तालिममा धोबिनी गाउँपालिका भरिका १८ वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको