LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंज,२६ मंसिर । वडा प्रहरी कार्यालय श्रीपुरले विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५, प्रतिमाचोकबाट ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ। टिकट काउन्टर अगाडि जाँच गरिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको ईभी गाडीभित्र रातो र गुलाबी रंगका सुटकेसहरूमा Tramadol Hydrochloride Capsules लुकाइ–छिपाइ राखिएको अवस्थामा फेला परेपछि प्रहरीले सुटकेस बोकेर आएका दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो।

प्रहरीले थप अनुसन्धान अघि बढाउँदै वीरगञ्ज–२४, रामगढस्थित एउटा डेराकोठामा छापा मार्दा अर्को कार्टुनभित्र लुकाइ राखिएका १५,६४० पिस ट्रामाडोल क्याप्सुल फेला पारेको जनाएको छ। गाडी र डेरामा भेटिएका सबै क्याप्सुल जोड्दा कुल ७६,१७० पिस Tramadol Hydrochloride Capsules बरामद भएको पर्सा प्रहरीले पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धानले उक्त लागुऔषध देशभर तस्करी गर्ने उद्देश्यले योजनाबद्ध रूपमा भण्डारण गरिएको खुलाएको छ।

घटनामा संलग्न चारै जनालाई प्रहरीले पक्राउ गरी उनीहरू विरुद्ध लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमा वीरगञ्ज–२४, रामगढका २० वर्षीय युवराज पटेल, २१ वर्षीय अफजल देवान, धादिङका १९ वर्षीय रामहरि मगर तथा १९ वर्षीय राजकुमार मगराती रहेका छन्।

प्रहरीका अनुसार तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान र नेटवर्कबारे थप अनुसन्धान जारी रहेको छ। पर्सा प्रहरीले लागुऔषध नियन्त्रणलाई अझ प्रभावकारी बनाउँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाहीको तयारीसमेत गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको